२९ भदौ २०८३, सोमबार | September 14, 2026

युरोपा लिगको उपाधिका लागि सेभिया र रोमा भिड्ने



काठमाडौं । युरोपा लिगको उपाधिका लागि सेभिया र रोमा भिड्ने भएका छन् । बिहिबार राती सकिएको खेलमा सेभियाले युभेन्टस र रोमाले लेभरकुजेनलाई पराजित गरे पछि फाइनलमा दुवै टिमको भिडन्त पक्का भएको हो ।

सो रोमाञ्चक फाइनल खेल हंगेरीको बुढापेस्टमा मे ३१ मा हुने छ । इटालियन क्लब युभेन्ट्सलाई दोस्रो लेगको खेलमा २-१ ले हराउँदै तथा  समग्रमा सेभियाले ३-२ को जित हात निकाल्न सफल भएको हो । पहिलो लेगको खेलमा यी दुई क्लब १-१ गोलको बराबरी रोकिएका थिए ।

शुक्रबार रातीको खेलमा डुसान भ्लाहालोभिचले ६५ औं मिनेटमा गोल गरेपछि युभेन्ट्सले सुरुआती अग्रता लिन सुरु गरेको थियो । तर, ७१ औं मिनेटमा सुसोले सेभियाका लागि गोल गरे पछि खेल १-१ मा गोलको बराबरीमा रहन पुग्यो ।

उता, खेल अतिरिक्त समयमा सेभियाका लागि एरिक लामेलाले अर्को गोल थपे, जुन गोल सेभियालाई फाइनलमा जानका लागि निर्णायक बनिदियो ।

युनाईटेडलाई २-१ ले पराजित गरेको सेभियाले समग्रमा ३-२ को जित निकाल्दै फाइनल यात्रा तय गर्न सफल भयो । उता, इटालियन क्लब रोमा भने युरोपा लिगको फाइनलमा सेभियासँग भिडन लेभरकुजनलाई पराजित गर्दै आएको हो ।

शुक्रबार बिहान सम्पन्न भएको खेल गोलरहित बराबरीमा सम्पन्न भए पनि पहिलो लेगमा १-० गोल अन्तरले जीत हासिल गरेका कारण रोमा फाइनलमा पुग्न सहज भएको हो ।लेभरकुजन १-० ले पछि पारेर रोमाले सेभियासँग भिडन्तका लागि फाइनल यात्रा पक्का गरेको हो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ८ : १४ बजे

थारू समुदायमा अट्वारीको रौनक

दाङ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी आइतबार अट्वारी पर्वकालागि

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध