५ श्रावण २०८३, मंगलबार | July 21, 2026

मेलिना र प्रतापको ‘यो खुसीको पल’मा विजय र सुमी



काठमाडौं । गायिका मेलिना राई र गायक प्रताप दासको स्वरमा तयार ‘यो खुसीको पल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

अमेरिकामा रहेका गीतकार बुद्धिमान थापाको शब्द सृजना रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । गीतमा नरेन्द्र वियोगीको एरेन्ज छ । रमाइलोशैलीको प्रेम र रोमान्सले भरिएको गीतले एक जोडीको सुखद र रोमान्टिक प्रेम कथालाई देखाएको छ ।

ख्याल ख्यालैमा माया बसेको दृश्यमा मोडलद्वय विजय पुन र सुमी श्रेष्ठ गज्जबले खुलेका छन् । भिडियोमा गीतकार थापा स्वयं र जमुना मगरको पनि अभिनय छ । भिडियोको निर्देशन निर्देशक केशवराज भट्टले गरेका हुन् ।

जसमा प्रकाश खड्काको छायांकन तथा बन्दे पाण्डेको सम्पादन रहेको छ । गायक थापाले यसअघि सिधा मन, यो जुनीमा, भएन रे, डोलीमा, लगायत १ दर्जन बढी गीत बजारमा ल्याएका छन् । भुटनिज क्रियटिभ टिम इन नेब्रस्काको सहयोगमा तयार भिडियो इन्टरटेनमेन्ट संसार नामक युट्युबबाट बजारमा आएको हो ।

भिडियो

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  १२ : २८ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत