२४ श्रावण २०८३, आइतबार | August 9, 2026

स्वस्थ्य सुरक्षा अहिलेको आवश्यकता, कोरोना रोकथाममा जुटौ : अध्यक्ष गोपाल ज्ञवाली



बुटवल । कोरोना भाईरसको संक्रमणबाट बच्न बेलाबेलामा हात धुने, मास्क प्रयोग अनिवार्य छ ।

यस्तो बेला अग्रपंक्तीमा रहेका चिकित्साकर्मी, संचारकर्मि र सुरक्षाकर्मीको सुरक्षालाई मध्येनजर गरि रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । वर्ष २०२०/२०२१ का अध्यक्ष गोपाल ज्ञवालीले नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरा गौतमलाई शुक्रबार एक कार्यक्रम बिच हात धुने र सेनेटाईजर प्रयोग गर्ने खुट्टे मेशिन हस्तान्तरण गरि शुरुवात गरेका हुन ।

क्लबका अध्यक्ष गोपाल ज्ञवालीले नेपाल पत्रकार महासंघ रुपन्देही शाखा कार्यालयबाट आफ्नो कार्यकालको सहयोग अभियान शुरु गरेको बताए । स्वस्थकर्मी, मिडियाकर्मि र सुरक्षाकर्मि सम्बद्ध दुई दर्जन संघसंस्थाहरुलाई सहयोग गर्न उनले बताए ।

महासंघका उपाध्यक्ष निरा गौतम धेरै राम्रो कामको शुरुवात भएको बताईन । संघसंस्थाहरु प्रचारका लागिमात्र काम गर्ने अवस्थामा क्लबले अहिलेको आवश्यकता अनुसार सहयोग गरि महत्वपुर्ण योगदान दिएको बताईन ।
यसैबिच क्लबले बुटवल उपमहानगरपालिका शहरी स्वास्थ्य केन्द्र, बुटवल–११ कार्यालयलाई हात धुने र सेनेटाईजर प्रयोग गर्ने खुट्टे मेशिन हस्तान्तरण गरिएको छ ।

क्लबका अध्यक्ष गोपाल ज्ञवालीले बुनपा वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री र स्वस्थ्य केन्द्रका जनस्वास्थ्य प्रमुख पुजन ज्ञवालीलाई सामग्री हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा वडाअध्यक्ष क्षेत्रीले हात धुने, मास्क सेनिटाईजर लगाउने र सामाजिक दुरी कायम गर्ने अहिलेको अनिवार्य काम भएको बताए । स्वस्थ्य केन्द्रमा दैनिक ५० जना विरामीहरुले सेवा लिदै आएको केन्द्रका प्रमुख ज्ञवालीले बताए ।

जहा ७ जना स्वस्थ्यकर्मी, कर्मचारी कार्यरत छन । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष बालकृष्ण अर्याल, पुर्वअध्यक्ष नवीन श्रेष्ठ, कोषाध्यक्ष निरज श्रेष्ठ, सदस्य भुवन विश्वकर्माले सामाजिक कार्यमा निरन्तर लाग्ने बताए ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ९ : ०४ बजे

नेपाल समृद्ध बनाए मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सुदूरपश्चिम । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले

झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति

झापा । झापामा मानव-हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु

अनुदानमा भैँसी वितरणले किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको

हुलाकबाट एक करोड राजस्व सङ्कलन

चितवन । जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा रु