६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

चिदिका-रुपन्देही सम्पर्क समाजको रक्तदान, ११५ युनिट रगत संकलन



बुटवल । अर्घाखाँचीको चिदिकाबाट रुपन्देही आइ बसोबास गर्नेहरुको संस्था चिदिका-रुपन्देही सम्पर्क समाजले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष केशवराज पन्थीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उदघाटन पुर्व उपप्रधान एवं अर्थमन्त्री तथा रुपन्देही-२ का संघीय सांसद विष्णुप्रसाद पौडेलले गरेका थिए ।

त्यस अवसरमा उनले रक्तदान जस्तो मानवीय कामलाई समाजले अगाडि बढाएकोमा प्रशंसा गरे । उनले सामाजिक क्षेत्रमा संस्थालाई अझ बढी सक्रिय बनाइराख्न आग्रह गरे । पुर्वअर्थमन्त्री पौडेलले मुलुकको विकासका लागि भ्रष्टाचार नियन्त्रण र सुशासन अपरिहार्य रहेको भन्दै यसतर्फ समाजको महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे । “भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु आपरिहार्य देखिएको छ, यसतर्फ चिदिका-रुपन्देही सम्पर्क समाजले पनि भूमिका खेलोस् भन्ने मेरो आग्रह छ”-पौडेलले भने ।

रक्तदान कार्यक्रममा ११५ जनाले रक्तदान गरेको अध्यक्ष केशवराज पन्थीले जानकारी दिए । उनले रक्तदान जस्तो मानवीय कार्यलाई समाजले प्रत्येक वर्ष जारी राखेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । उनले रचनात्मक क्रियाकलापमा समाजलाई सधै सक्रिय बनाइराख्न सबैको सहयोग र सुझाव आवश्यक रहेको पनि बताए ।

कार्यक्रमका अवसरमा समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, निवर्तमान अध्यक्ष ईश्वरी ज्ञवाली, कार्यवाहक सचिव हेमनाथ ज्ञवाली लगायतले रक्तदान जस्तो मानवीय र पवित्र कामलाई समाजले हरेक वर्ष अघि बढाएको र यसबाट रगतको अभावमा बाँचिरहेकाहरुलाई राहत पुगेको बताएका थिए । रक्तदान गर्नेहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । समाजले बिरामीको उपचारका लागि सहयोग पु¥याउने उद्देश्यले चिदिकाबासीलाई एम्बुलेन्स समेत प्रदान गरिसकेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ५ : १६ बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली । यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा