३० चैत्र २०८२, सोमबार | April 13, 2026

ठगी आरोपमा हुलाक कार्यालय बाराका निमित्त प्रमुख पक्राउ



बारा । जिल्ला हुलाक कार्यालय बाराका निमित्त प्रमुख बलिरामप्रसाद कुर्मी पक्राउ परेका छन् ।

हुलाक बचत बैंक कलैयामा विभिन्न व्यक्तिका खाता रहेको करिब रु दुई करोड रकम ठगी गरेको उजुरीका आधारमा कुर्मीलाई पक्राउ गरिएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए ।

पर्सा, बहुदारमाई गाउँपालिका–२ बस्ने कुर्मीले देवताल गाउँपालिका–४ टोल पिप्राढी निवासी ५५ वर्षीय प्रदीपकुमार चौधरीको खाताबाट ३५ लाख ५० हजार पाँच सय २६ र उहाँकी पत्नीको खाताबाट रु २१ लख ५३ हजार आठ सय ८५ गरी रु ५७ लाख चार हजार चार सय ११ हिनामिना गरेको उनीहरुको आरोप छ ।

कुर्मीले उनीहरुसहित १३ जना बचतकर्ताको रु एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ आफ्नो खातामा ट्रान्सफर गरी हुलाकको खाता शून्य बनाइ सो रकम हिनामिना गरेको आरोपमा महागढीमाई नगरपालिका–२ बरियापुरका ज्ञानप्रकाश रौनियारसहित १३ जनाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयले हुलाकका निमित्त प्रमुख कुर्मीमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रवक्ता पाण्डेयले बताए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  १० : १२ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका

देश ‘प्रयोगशाला’ बन्दै गएको पूर्वराजा ज्ञानेन्द्रको टिप्पणी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त

सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले संसद् भवन निर्माणप्रति चासो

राष्ट्रिय अपाङ्ग महासंघको १० औँ महाधिवेशनबाट देविदत्त आचार्यको नेतृत्वमा नयाँ समिति चयन

बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १० औँ महाधिवेशन बुटवल

गृहमन्त्रीलाई जेनजी नेतृ रक्षा बमको सुझाव- ‘गरिबीलाई अपराध नठान्नुस्’

काठमाडौं । जेनजी नेतृ रक्षा बमले गृहमन्त्री गुरुङलाई सार्वजनिक अभिव्यक्तिप्रति