२ बैशाख २०८३, बुधबार | April 15, 2026

गर्मी बढेसँगै बिरामी बढे, चितवनमा रगतको अभाव



चितवन । जिल्लामा गर्मी बढेसँगै बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव भएको छ । रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले अपिल प्रकाशित गरी रक्तदान गर्न आह्वान गरेको छ ।

शाखा सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताललगायत निजी र सामुदायिक अस्पतालमा उपचारार्थ आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको उल्लेख छ ।

अपिलमा भनिएको छ, “हाल गर्मी मौसमको कारणले रक्तदान कार्यक्रमको आयोजना कम हुने गरेको र रगतको मागमा अत्याधिक वृद्धि भई मागअनुसार रगत आपूर्ति गर्न कठिन भएको छ ।” रक्तदान गरेर जीवनदान दिन सम्पूर्ण रक्तदाता, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीहरूमा रक्तदान कार्यक्रमको आयोजना गरिदिन रेडक्रसले अपिल गरेको छ ।

कार्यक्रमबाहेक पनि व्यक्तिगतरूपमा रक्तदान गर्न इच्छुक रक्तदाताले प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरलगायत क्यान्सर अस्पताल युनिट, चितवन मेडिकल कलेज युनिट, बघौडा अस्पताल आकस्मिक रक्त सञ्चार एकाइमा गई रक्तदान गर्न सकिने रेडक्रसले जनाइएको छ ।

प्रादेशिक रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले दैनिक एक सय ५० पोका हाराहारी रगतको माग हुने गरेको जानकारी दिए । उनका अनुसार दैनिक ४० पोका रगत रक्तदान कार्यक्रमहरूबाट सङ्कलन हुने र बिरामीका आफन्तबाट २० पोका हाराहारी सङ्कलन हुने गरेको छ । उनले ठूलो मात्रामा रगतको अभाव भएको बताए ।

हरेक वर्ष गर्मी मौसममा चितवनमा रगतको अभाव हुने गर्दछ । यहाँका अस्पतालमा देशैभरि र भारतीय सीमावर्ती क्षेत्रबाट उपचारका लागि बिरामी आउने गर्दछन् । पूर्व–पश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक, पृथ्वी राजमार्गलगायत भित्री सडकमा हुने दुर्घटनाका बिरामी अधिकांश यहीँको अस्पतालमा उपचार गराउँछन् ।

क्यान्सर, प्रसूति, दुर्घटना र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई धेरै रगतको माग हुने गरेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  १० : २६ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले