१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

संसदीय सुनवाइ समितिको पहिलो बैठक, सभामुख र राष्ट्रियसभा अध्यक्ष उपस्थित



काठमाडौं । संसदीय सुनवाई समितिको बैठक सुरु बसिरहेको छ ।

समितिको पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी भएका छन् ।

बैठकलाई सम्बोधन गर्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले समितिमा सुनुवाइका लागि आएका व्यक्तिहरुबाट गम्भीरतापूर्वक छलफल गर्न आग्रह गरे । संवैधानिक परिषद्ले पठाएको नाममाथि छानविनसहित छलफल गरेर अनुपयुक्त लागे फिर्ता पठाउन सक्ने हैसियत समितिले बनाउनुपर्ने उनले सुझाव दिए ।

सभामुखले संसदीय समितिको सभापति चयन गर्नका लागि एक हप्ताको समयसिमा तोकिदिएका छन । उनका अनुसार एक हप्ता भित्र संसदीय समितिको सभापति सहमतिको आधारमा चयन हुन नसके निर्वाचन प्रक्रियावाट भए पनि टुंग्याउनु पर्ने उनको सुझाव रहेको छ।

१५ सदस्यीय सुनुवाइ समितिले आइतबार मात्र पूर्णता पाएको थियो । समितिमा
समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका ५ जना, नेकपा माओवादी केन्द्रका २ जना, रास्वपा, राप्रपा र जसपाका १ जना सांसदको प्रतिनिधित्व छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ९ : १० बजे

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक