३ पुस २०८२, बिहिबार | December 19, 2025

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आरोप, – कराँची स्टक एक्सचेन्ज हमलामा भारतको हात



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कराँची स्टक एक्सचेन्च हमलाको दोष भारतलाई लगाएका छन् ।

गत सोमबार (२९ जुन)मा पाकिस्तानको आर्थिक शहर कराँचीस्थित कराँची स्कट एक्सचेन्ज भवनमा चार बन्दुकधारीले अन्धधुन्ध हमला गरेका थिए ।

पाकिस्तानी सुरक्षाकर्मीले प्रत्याक्रमण गरी बन्दुकधारीको हत्या त गरेका थिए तर भिडन्तमा दुई सुरक्षा गार्ड र एक पुलिस सबइन्पेक्टरको पनि मृत्यु भएको थियो ।

सो हमलाको जिम्मेवारी पाकिस्तानको बलुचिस्तान प्रान्तमा सक्रिय चरमपन्थी पृथकतावादी गुट बलुलिचस्तान लिवरेसन आर्मी (बीएलए)ले लिएको थियो ।

पाकिस्तानी अखबार जंगका अनुसार हमलाको अघिल्लो दिन पाकिस्तानी संसदमा बोल्दै प्रधानमन्त्री इमरान खानले सो हमला भारतले गराएको कुनै शंका नभएको बताएका थिए । प्रधानमन्त्री खानले पाकिस्तानलाई अस्थिर बनाउनका लागि षड्यन्त्र गरिएको दाबीग रेका थिए ।

बलुचिस्तान लिवरेशन आर्मी बीएलएको भारतसँग सम्बन्ध रहेको पाकिस्तानले दाबी गर्दै आएको छ ।

बीबीसीमा लेखिए अनुसार पाकिस्तानी पत्रिका जंगले बीएलए चीन पाकिस्तान इकोनोमिक कोरिडोर (सीपेक) उद्घाटन पछि भारत बलुचिस्तानमा सक्रिय भएको जनाएको छ र त्यहाँ सक्रिय चरमपन्थी लडाकु संगठनहरुमार्फत विभिन्न हमलाहरु गर्ने गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले बलुचिस्तानका चरमपन्थी संगनललाई मद्दत गरेको स्वीकार गरेको पनि जंगले दाबी गरेको छ ।

त्यसो त, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१६ को भारतीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा दिल्लीको लाल किल्लाबाट गरेको भाषणमा बलुचिस्तानको विषयमा निकै शब्द खर्चिएका थिए ।

भारतीय सरकारी टेलिभिजन च्यानल दुरदर्शनले त्यसको केही दिन पनि २७ अगष्टमा बलुच नेता ब्रम्हादाग खान बुग्तीको अन्तर्वार्ता प्रसारण गरेको थियो । अन्तर्वार्ता लिनैका लागि दुरदर्शनको टिम स्वीजरल्याण्डको जेनेभा पुगेको थियो ।

पाकिस्तानले मोदीको भाषणबाट बलुचिस्तानमा चरमपन्थीहरुको मद्दत गरेको बताउँदै आएको छ । यद्यपी, भारतले पाकिस्तानको यो आरोपलाई अस्वीकार गर्नेगरेको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ८ : १९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको