६ श्रावण २०८३, बुधबार | July 22, 2026

राज्यका सबै जातजाति, समुदायको समान सहभागिता र पहुँच आवश्यक : सभामुख घर्तीमगर



बुटवल । लुम्बिनी प्रदेशका सभामुख बसन्त घर्तीमगरले राज्यका सबै जातजाति तथा समुदायको समान सहभागीताका लागि जोड दिएका छन् ।

नेपाल मगर महिला संघ बुटवलले बिहिबार आयोजना गरेको अभिनन्दन कार्यक्रममा बोल्दै घर्तीमगरले आर्थिक, सामाजिक, राजनैतिक तथा साँस्कृतिक रुपमा सबै जातजाति र समुदायलाई राज्यका हरेक क्षेत्रमा समान सहभागिता लागि समान पहुँच स्थापित गर्नुपर्नेमा जोड दिए ।

मगर समुदायबाट निर्वाचित वडा, गाउँ, नगर तथा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्न अभिनन्दन कार्यक्रम आयोजना गरिएको थियो । सो अबसरमा सभामुख घर्तीले मगर समुदायको विकास र समृद्धिका लागि अब व्यवसायीक र उद्यमशिलतामा जोड दिए ।

राज्यका विभिन्न तहमा मगर समुदायको पहुँच वृद्धि हुँदै गएको उल्लेख गर्दै उनले अब उनीहरुबाट पाठ सिक्दै आर्थिक तथा समाजिक क्षेत्रमा थप फड्को मार्नुपर्नेमा जोड दिए । नेपालका ईतिहासमा समेत मगर मुदायले विर गोर्खालीका उपाधी प्राप्त गरेको स्मरण गर्दै उनले उनीहरुले नेपाल बचाउन देखाएको विरतालाई कायम राख्दै समय परिवेश अनुसार राजनीतिक तथा सामाजिक आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

मगर समुदायका विर पूर्खाहरु नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापा, जीत गढी किल्लामा अँग्रेजलाई हराउन सफल कर्णेल उजिर सिंह थापा, प्रथम सहिद लखन थापा लगायताको योगदानलाई भुल्न नहुने उनले बताए ।

कार्यक्रममा सभामुख घर्तीसहित लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुन, लुम्बिनी प्रदेश सञ्चार प्रतिष्ठानका अध्यक्ष यमबहादुर गाहा (मिलन), बुटवल उपमहानगरका प्रवक्ता शिव राना तथा वडा अध्यक्षहरु ज्ञानबहादुर रेश्मी, पदमराज गाहा, बलबहादुर पुन, नारायणप्रसाद पुन तथा चन्द्र सिंह थापा लगायतलाई सम्मान गरिएको थियो ।

यसैगरी वडा सदस्यहरु पम्फा थापा, पुनम थापा, मिनबहादुर सारु, राधिका थापा, धुर्व थापा, तुलबहादुर राना, सल्लाहकार रुपसिंह थापा, सकुन्तला पुन, सुन्दर तरामु लगायतलाई खादा तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

मगर महिला संघ बुटवल नगर अध्यक्ष गोममाया थापा मगरको अध्यक्षता, सचिव तिर्थकुमार सोमै रानाको सञ्चालन तथा कोषाध्यक्ष नन्दा थापाको स्वागतसति भएको कार्यक्रममा मगर मुदायको बिकास र उत्थानका सवालमा जोड दिइएको थियो ।

कार्यक्रममा बोल्दै सहभागीहरुले अब मगर समुदायको बिकास लागि उद्यम तथा व्यवसायिकताका माध्येमबाट आर्थिक समृद्धिमा जोड दिनुपर्ने उल्लेख गरेका थिए । मगर समुदायमा भएका विभिन्न साँस्कृतिक सम्पत्तिको संरक्षण गर्दै त्यसैका माध्यमबाट आर्थिक र उद्यममा जोड्नु पर्ने उल्लेख गरेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ५ : १४ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय