१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

रिहान मिया, जाे २२ बर्ष मै उद्योग खोलेर समान निर्यात गरिरहेका छन्



नेपालगन्ज । आजकाल उनको चर्चा परिचर्चा सुरु हुन थालेको छ । उनको यो चर्चा र परिचर्चा परिवार र आफान्तजनमा मात्रै सिमित छैन, यो चर्चा परिचर्चा अव विस्तारै ब्यावसायिक क्षेत्रमा पनि हुन थालेको छ । भन्न थालेका छन, यति सानै उमेरमा यो स्तरको सफलता १

उनी हुन रिहान मिया, उमेर २२ ।
उनले हालै आफनो मिडलाज ग्रुपको प्लाईउड उद्योगवाट उत्पादित समान भारतमा निर्यात गर्न थालेपछि उनको चर्चा परिचर्चा हुन थालेको हो । नेपालगञ्जका ब्यवासायी तथा उद्यमीहरुले उनले भारतमा आफनो प्लाईउड निर्यात गर्न थाले पछि उनलाई बधाई दिई रहेका छन् ।

सानै उमेरमा उद्योग खोलेर त्यसमाथी नेपालमा उत्पादित समान भारतमा निर्यात गर्न थाले पछि भन्न थालेका छन, ‘रिहानले अब केही गर्छ ।’

‘पहिलो पटक मेरो उद्योगवाट भारतमा प्लाईउड निर्यात गर्‍यो, भारतीय ग्राहकले मन पराए पछि पुनः अर्डर आएको छ, त्यो अर्डर पुरा गर्नका लागि पुनः हामी काम गरिरहेका छौं’ उनले भने । उनका अनुसार भारतवाट आएको माग र नेपालवाट आएको माग पुर्‍याउन हम्मे हम्मे भएको छ ।

उनले पहिलो अर्डरको समान निर्यात गरे र हाल दोस्रो अर्डरका लागि धमाधम काम गरिरहेका छन् ।

‘कतिसम्म भने तपाई जति पनि उत्पादन गर्नुहोस, हामी लिन्छौं भनेर भारतीय ब्यापारीले भनेका छन तर उनीहरुको अर्डर अनुसार हामी उत्पादन गर्न सक्ने अवस्था अहिले छैन् तर पछि उनीहरुको माग अनुसार उत्पादन गर्ने गरी काम गरिरहेका छौं ।’

‘झन भारतमा समान निर्यात गरे पछि धेरै मान्छेहरुले मलाई भेटेर भनेका छन, भारतमा निर्यात गरे जस्तै गुणस्तरीय प्लाईउड हामीलाई पनि दिनुहोस् ।’

उनको उद्योग जानकी गाउँपालिका–३ मा छ । उनले आफनो उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४०–५० जनालाई रोजगारी पनि दिएका छन् ।

उनी हिजो आयाति समानको नेपालमा बिक्रि बितरण गर्दथे, आजकाल उनी निर्यात गर्न सुरु गर्न थालेका छन् । यसो भन्दा पनि हुन्छ, आयात गर्ने स्थानवाट उनी निर्यात गर्ने स्थानमा पुगेका छन् ।

प्लाई उड उद्योग खोल्नुको पनि एउटा रोचक संयोग छ । ‘खासमा म आयातित समानहरुको विक्रि बितरण गर्दै आएको मान्छे हुँ, अहिले म निर्यात गर्ने अवस्थामा पुगेको छु,’ उनले भने । उनका अनुसार यसअघि उनी भारतीय कम्पनि अमुलको समानहरु विक्रि गर्दथे ।

नेपालमा अमुलको समान विक्रि वितरण गर्ने तीनवटा कम्पनि मात्रै छ, जसमध्ये एउटा उनको पनि हो । अमुलको समान एउटा बिशाल ग्रुपले विक्रि गर्छ भने अर्को गुरमितले गर्दै आएको छ । ‘तेस्रो चाँही मेरो मिडलाज ग्रुप हो’

अमुलको आयातित समान बिक्री बितरण गर्न थालेको दुई बर्ष जति मात्रै भएको थियो, सरकारले विलासिताको समान आयातमा रोक लगाए पछि उनका लागि नयाँ ब्यवसाय रोज्नु पर्ने अवस्था आयो ।

‘एउटा बैंकले जग्गा लिलाम गर्न लागेको रहेछ, त्यो जग्गा सकार्ने काम सुरु भयो, त्यो कामले फाइनल टच पाउन लगभग २ बर्ष जति लाग्यो,’ उनले भने, ‘आफनो अलिकति सम्पति बेचेर र बैंकवाट ऋण लिएर यो उद्योग खोलेका हौं ।’ त्यसपछि दुई बर्षमा निर्यात गर्ने अवस्था पुगेको हो ।

खासमा उनको पुख्र्यौली घर कास्की पोखरा हो, ब्यापारको सिलसिलामा उनको पिता रहमान मियाँ नेपालगञ्ज आए पछि उनी यतै जन्मे हुर्के । ‘मेरो घरजग्गा र आफान्त अहिले पनि पोखरामा हुनुहुन्छ, हामी बेला बेलामा गईरहन्छौं’ उनले भने

‘ हाम्रो परिवार धेरै गरीबीमा चलेको थियो, मेरो बुबा रहमान मिया कामको सिलसिलामा २०३४ साल तिर हुम्ला जानु भयो र कामको विवरण भन्नु पर्दा तीन दिन को समय लगाएर हिड्दै ‍अरुको सामान बोकि पुर्याउनु हुन्थ्यो, पछि  हुम्लामा नै सानो किराना पसल खोल्नु भयो, केही समय राम्रो ब्यापार पनि भयो,ु उनले  बिगत सुनाए, ुर, केहि जम्मा भएका पैसा लिएर २०५५ सालमा नेपालगन्ज आई पुलिस आर्मि लाई राशनको ठेक्का परे पछि उक्त कामको सुरुवात भयो ।ु

त्यसपछि उनको बुवाले जग्गा किनि प्लटिङ्को काममा हात हाले । सोही समयमा उनका पीता २ कार्यकाल नेपालगन्ज जामा मस्जिदको अध्यक्ष समेत बने, जसले उनको पीताको सामाजिक छबि स्थापित भयो ।

बुबा पनि ब्यावसायमा लागेकाले उनलाई पनि क्रमशः व्यावसायतिर नै मन जान थाल्यो । त्यसैले उनी नौ कक्षा देखी नै ब्यापार ब्यावसायमा लागे । सुरुमा उनले मोबाईलको फाइबर स्क्रिन प्रोटेक्टरको उत्पादन गरे र व्यक्तिगत रूपमा मार्केटिङ अभियानहरू सुरु गरें, झोलामा नमूनाहरू बोकेर आफै बजारहरू धाए। केहि समय पछी उक्त काम दाजुलाई सुम्पिए ।

त्यसपछि दाजुसँग अलग भएर उनले अमुलको आयातित समानको बिक्री बितरण गर्न सुरु गरे । त्यो पनि विलासिताको समानमा आयातमा सरकारले प्रतिबन्ध लगाए पछि उनले प्लाईउड ब्यावसायमा हात हाले । जुनमा उनले क्रमशः सफलता हासिल गर्दै निर्यात गर्ने अवस्थामा पुगे ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ११ : २७ बजे

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary

एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आयो : रवि लामिछाने

तम्घास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान

एन आई सी एशिया बैंकले सार्वजनिक गर्यो ‘एन आई सी एशिया साथी घर कर्जा’

काठमाडौ । एन आई सी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव

गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै

गुल्मी । गुल्मी क्षेत्र नं २ का उम्मेदवार तथा एमाले

निर्वाचनका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै

काठमाडौं । निर्वाचन खर्चलाई पारदर्शी बनाउने व्यवस्थाबमोजिम राजनीतिक दल र