२० माघ २०८२, मंगलबार | February 3, 2026

राजधानी बाहिर पहिलो सूचना प्रविधि उद्योग बुटवलबाट संचालनमा



बुटवल । नेपालमा पहिलो पटक राजधानी बाहिर सूचना प्रविधि उद्योग संचालनमा आएको छ । राजधानी काठमाडौं केन्द्रीत सूचना प्रविधिको उद्योगलाई पहिलो पटक टुना टेक्नोलोजीले बुटवलबाट संचालनमा ल्याएको हो ।

टुना टेक्नोलोजीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै सूचना प्रविधि क्षेत्रको सबै उत्पादन र वितरण गर्ने गरि बुटवलबाट काम सुरु गरिएको जनाएको छ । झण्डै दुई वर्ष अघिबाट बुटवलमा कार्यालय स्थापना भएपनि पूर्णरुपमा सबै आईटी सफ्टवेयर सेवा सहित क्षमता बद्धि गर्दै अव बुटवलबाटै सेवा दिन सकिने सो कम्पनीले जनाएको छ । ब्यवसायिक संस्थाहरुलाई आवश्यक पर्ने सफ्टवेयर, वेवसाइड तथा सूचना प्रविधि सम्वन्धी सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनी स्थापना भएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै टेक्नोलोजीका अध्यक्ष गणेशचन्द्र पोखरेलले दक्ष युवाहरुलाई स्वदेशमा टिकाउन र आईटी अध्ययन गरेका विद्यार्थीहरुलाई इन्टर्न गराउन कम्पनी सफल हुँदै गएको दाबी गरे । उनले सफ्टवेयर सुरक्षामा विशेष ध्यान दिएको उल्लेख गर्दै सफ्टवेयर र वेवसाईट निर्माणका लागि अव काठमाडौं जान नपर्ने बताए । कम्पनीले विदेशमा सिड्नी अष्ट्रेलिया तथा नर्वेमा बुटवलबाटै सेवा उपलब्ध गराएको अध्यक्ष पोखरेलले बताए ।

‘सबै उधोग व्यवसायीले सफ्टवेयर तथा प्रविधि प्रयोग गर्नको लागी काठमाडौं मात्र ताक्नु पर्ने अवस्थालाई अन्त्य गर्न मोफसलमा नै केन्द्रिय कार्यलय स्थापित गरी देशका सबै ठाउंमा सेवा विस्तार गर्ने कम्पनीले लक्ष्य लिएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘कम्पनीले भविस्यमा देशका सबै प्रदेशमा बजार प्रतिनिधि तथा आधिकारीक विक्रेता मार्फत सेवा विस्तार गर्ने निती लिएको छ ।’

कार्यक्रममा प्राविधिक टिम प्रमुख (सिटिओ) सर्वजित मिश्राले टुनाले विश्वमा नै मान्यता प्राप्त डाटा सेन्टर प्रयोग गरिरहेको जानकारी दिए । टुनाले निर्माण गरेको डाठा सेण्टरमा नेपालभित्र नै सबै ग्राहकको डाटा सुरक्षित हुने दाबी गर्दै सर्भर उनले डाटा सेन्टर बनाउन ठूलो रकम खर्च हुने भएकाले अहिले नै सम्भव नरहेको बताए । मिश्राले टुनामा बनेका सामाग्रीको प्लेटफर्म नै सुरक्षित भएकाले ह्याकिङ, स्क्यामको सम्भावना नरहेको भन्दै ग्राहकलाई समेत आवश्यक तालिमहरु दिदै आएको बताए ।

कम्पनीका सिईयो राजिव गौतमले ब्यक्तिगत र ब्यावसायिक दुबै प्रकारका एकाउन्ट बनाएर सेवा दिदै आएको जानकारी दिए । गौतमका अनुसार कम्पनीको मुख्य ३ वटा सफ्टवेयरहरु टुना ईआरपी, एचएमएस र साझा मेनु बजारमा लन्च भैसकेको छ । विशेष गरी बजारको माग अनुसार उद्योग कलकारखाना लक्षित ई कमर्श, होटल म्यानेजमेन्ट लक्षित एचएमएस र डिजिटल मार्केटिङ अन्तर्गतको साझा मेनु टुनाले बजारमा पठाईसकेको छ । तीन तारे होटल सहित ठुला उद्योग र कतिपय स्थानीय तहले पनि टुनाको सफ्टवेयरबाट काम गरिसकेको सीईओ गौतमले बताए ।

डाटा सेन्टर र आन्तरिक कनेक्सन गर्ने काम चलेको छ बताउँदै उनले अहिले पनि नेपालमा सर्भरको सेवा विदेशीको लिनुपर्ने बाध्यता रहेको बताए ।

कम्पनीका संचालक ध्रुव न्यौपानेले देशका प्रमुख शहरहरुमा सम्पर्क कार्यालयहरु स्थापना गरि टुनाको ब्यवसायिक संजालको विस्तार गरिने बताए । राजधानी काठमाडौं सहित देशका सबै मुख्य शहरहरुमा टुनाको पहुँच पुर्याउने लक्ष्य सहित योजना तयार हुँदै गरेको उनले बताए । टुनाले बजारमा छिटोछरिटो सर्भिस र बजारीकरण र उत्पादन सहित तीनवटा विभाग बनाएर प्रस्तुत भएको बताउँदै न्यौपानेले टुनाका उत्पादनमा आउने कुनैपनि समस्या तुरुन्तै समाधान गर्ने संयन्त्र तयार भइसकेको दाबी गरे ।

कार्यक्रममा संचालक ई. प्रदिप भण्डारी, जिवन कुँवर, दुर्गा भण्डारीलगायतले बजारको माग अनुसार नयाँ नयाँ सफ्टवेयर उत्पादनमा जोड दिइएको बताए । करीब १० करोड रुपैयाँ लागतमा स्थापना भएको कम्पनीमा २५ जना कर्मचारीहरुले रोजगारी पाएका छन् । कम्पनीले विदेशमा सिड्नी अष्ट्रेलिया तथा नर्वेमा बुटवलबाटै सेवा उपलब्ध गराएको अध्यक्ष पोखरेलले बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  १ : ०४ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको