२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

प्रचण्डसँग वार्ता र काँग्रेसँग सत्ता साझेदारी सम्वाद सँगसँगै चलाउँदै ओली



काठमाडौं । शिर्ष नेतृत्वबीच सरकार र पार्टी सत्ता प्राप्तिका लागि तिब्र अन्तरर्संघर्ष चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र केन्द्रीय कमिटी बैठक माग गर्न थालिएको छ ।

जारी स्थायी कमिटी बैठक समेत कछुवा गतिमा चलिरहेको नेकपामा केन्द्रीय कमिटीको बैठकको माग सुरू भएको हो । केही युवा केन्द्रीय सदस्यहरुले जुम बैठक गर्दै केन्द्रीय कमिटी बैठकको माग गर्ने अभियान थालेका छन् ।

आन्तरिक विवाद चुलिँदै गएपछि र प्रधानमन्त्री स्वयं विपक्षी दलसँग सत्ता साझेदारीको प्रस्ताव समेत गर्न पुगेपछि नेकपाको एकता कायम रहने सम्भावना भने कमजोर हुंदै गएको छ ।

सम्भावित दुर्घटनाबाट पार्टीलाई जोगाउन केन्द्रीय कमिटीको बैठक माग गर्न थालिएको बैठकमा सहभागि एक केन्द्रीय सदस्यले बताए ।

उनीहरूले बैठक माग गर्दै हस्ताक्षर अभियान चलाएका छन्। बैठक माग गर्ने ५३ केन्द्रीय सदस्यले शनिबार जुम मिटिङ गरेका थिए।

नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले ४५ सदस्यीय स्थायी कमिटीले भन्दा ४४१ जनाको केन्द्रीय कमिटीले नेकपाको विवाद मिलाउन सक्षम हुने बिश्वास ब्यक्त गरे ।

अभियानका अर्का केन्द्रीय सदस्य हिमाल शर्माले खबरकुरासँग कुरा गर्दै पार्टी एकतालाई कमजोर बनाउन नदिन र महाधिवेश पछिको सर्बोच्च अंग केन्द्रीय कमिटीबाटै पार्टीमा उत्पन्न समस्या समाधान गर्न आफुहरुले  बैठकको माग गरेको बताए ।

‘स्थायी कमिटीले नै समस्या समाधान गरोस् भन्ने हाम्रो चाहना हो, तर स्थायी कमिटीबाट समस्या समाधान नभए केन्द्रीय कमिटी बोलाएर एकतालाई अझै बलियो बनाउनु पर्छ’, उनले भने ।

नेकपाको विधानअनुसार २५ प्रतिशत अर्थात् ११० जना सदस्यले हस्ताक्षर गरे केन्द्रीय समिति बैठक बोलाउनु पर्ने हुन्छ । स्थायी कमिटी बैठकबाट समेत उम्कंदै हिंडेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाउने सम्भावना भने न्युन छ ।

मिटिङमा सहभागी सबैले केन्द्रीय कमिटी बोलाउनुपर्ने पक्षमा मत आएको भन्दै उनले केन्द्रीय कमिटीले जस्तो सुकै निर्णय गर्न सक्ने अधिकार राख्ने जानकारी दिए ।

बैठकमा ठाकुर गैरे, विजय पौडेल, रामकुमारी झाँक्री, हिमाल शर्मा लगायतको सहभागिता रहेको थियो ।

नेकपामा अहिले चलिरहेको स्थायी कमिटी बैठकमा उपस्थित हुन समेत प्रधानमन्त्री ओलीले आनाकानी गर्दै आएका छन् ।

असार १० गतेदेखि सुरू भएको बैठकमा अहिलेसम्म बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको आलोचना गर्दै उनको राजीनामा माग गरेका छन्।

स्थायी कमिटीमा प्रधानमन्त्री ओली चरम अल्पमतमा परेपछि उनले बैठकलाई बिभिन्न बहानामा धकेल्दै आएका छन् ।

बैठक चलिरहेका बेला ओलीले संसदको बजेट अधिवेशन अन्त्य गरेकाले दल विभाजनसम्बन्धी अध्यादेश फेरि ल्याउन लागेका हुन् कि भन्ने पार्टीमा आशंका उब्जिएको छ।

विवाद मिलाउन ओली र प्रचण्डबीच एक्लाएक्लै र सामूहिक वार्ता भए पनि नेकपाको विवाद साम्य भएको छैन। बालुवाटारमा दुई अध्यक्षबीच वार्ता चलिरहँदा ओलीले आफ्नो दुत बनाएर सत्ता साझेदारीका लागि कांग्रेस सभापति देउवासंग सम्बाद समेत अगाडि बढाएको खुलासा भएको छ ।

सोमबार बिहान स्थायी कमिटी बैठक पुनः बस्दैछ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ६ : ५४ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा