१३ बैशाख २०८३, आइतबार | April 27, 2026

पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी



पोखरा । नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले पोखरामा पहिलोपटक ‘नेपाल चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल’ हुने भएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पर्यटकीय सहर पोखरामा बोट रेसको आयोजना गरिएको हो । आगामी असार ८ र ९ गते सञ्चालन हुने फेस्टिभलका लागि यहाँ तयारी सुुरु गरिएको छ । फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल हुँदैछ ।

पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सो फेस्टिभलको सहयोगी संस्थाका रूपमा रहेका छन् । फेस्टिभलमा हुने डुङ्गा दौडका लागि चीनबाट आठवटा विशेष खालका डुङ्गा पोखरा ल्याएर परीक्षण सुरु गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

उनका अनुुसार चिनियाँ चार र नेपाली चार गरी आठ टोलीबीच डुङ्गा दौड प्रतियोगिता हुनेछ । दौड पाँच सय र एक हजार मिटरको हुनेछ । सो फेस्टिभलमा चीनबाट विशिष्ट पाहुनाको सहभागिता रहने बताइन्छ । परिषद्का अध्यक्ष श्रेष्ठले कार्यक्रमबाट पोखराको प्रवर्द्धनमा महत्वपूर्ण हुने बताए । उनले भने, “पोखरा चिनियाँ पाहुनाको रोजाइको गन्तव्य भएको हो । फेवातालमा फेस्टिभल आयोजना गर्दा त्यसले भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्दछ ।”

फेस्टिभलमा नेपाली, चिनियाँ खाना, चिनियाँ सांस्कृतिक कार्यक्रम फेस्टिभलको आकर्षण रहने अध्यक्ष श्रेष्ठले बताए । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागिताका लागि ६० जना खेलाडीसहित दुई सय ६० जना विमान चार्टर्ड गरेर पोखरा आउने छन् ।

गत पुस १७ गते उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो चिनियाँ टोली उत्रनेछ । सोही कार्यक्रमका लागि दुईवटा चार्टर्ड विमान चीनबाट पोखरा आउने तयारी छ । फेस्टिभलका लागि रु दुई करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ८ : २८ बजे

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र