३१ भदौ २०८३, बुधबार | September 16, 2026

ट्युनिसिया सेनाको हेलिकप्टर बेपत्ता



ट्युनिस । चार जना सवार भएको ट्युनिसियाली सेनाको हेलिकप्टर बेपत्ता भएको छ । राडार स्क्रिनबाट हराएको केही घण्टापछि दुर्घटना भएको आशङ्का गरिएको पनि रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

‘हिजो (बुधवार) साँझ केप सेराट क्षेत्रमा रात्रि उडान गरिरहेको हेलिकप्टरसँग सञ्चार विच्छेद भएको छ,’ यो एक सेनाको विज्ञप्तिमा भनिएको छ ।

‘विमान खोजी गर्न गृह मन्त्रालयसँगको समन्वयमा स्थल, जल तथा हवाई स्रोत परिचालन गरिएको छ । ट्युनिसियाली सेनाले हालैका वर्षहरूमा तालिम वा जासुसी अभियानमा थुप्रै विमानहरू गुमाएको छ ।

सन् २०२१ अक्टोबरमा दक्षिणी प्रान्त गाबेसमा रात्रि अभ्यासको क्रममा सेनाको हेलिकप्टर दुर्घटना हुँदा तीन सैनिकको मृत्यु भएको थियो ।
उक्त दुर्घटनाको आधिकारिक अनुसन्धानको निष्कर्ष अझै सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ५ : ४० बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।