१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंक, दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ ।

गभर्नरको कार्यालयमा शुक्रबार भएको भेटवार्तामा उनीहरूबीच नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, वित्तीय क्षेत्रका चुनौती, विद्युतीय भुक्तानीको विकास र आगामी आर्थिक कार्यदिशाका विषयमा छलफल भएको गभर्नरको सचिवालयले जनाएको छ ।

गभर्नर अधिकारीले नेपालको वर्तमान वित्तीय स्थितिसँगै वित्तीय समावेशीकण, नियामकीय र सुपरिवेक्षकीय सुधारका प्रयास, विद्युतीय भुक्तानी प्रणालीको विकासलगायत नेपाल राष्ट्र बैंकका नीतिगत प्राथमिकताबारे जानकारी गराए ।

सो अवसरमा उपाध्यक्ष रेजरले राष्ट्र बैंकले अवलम्बन गरेको मौद्रिक नीति र अन्य नीतिगत व्यवस्थाको प्रशंसा गर्दै बाह्य क्षेत्र र तरलताको अवस्थामा देखिएको सुधारलाई विश्व बैंकले सकारात्मक रूपमा लिएको धारणा राखे ।

नेपालको समग्र वित्तीय क्षेत्र सुधारसँगै ग्रीन फाइनान्स र लघुवित्तको प्रवद्र्धन, विद्युतीय भुक्तानीको प्रवद्र्धन तथा सम्पत्ति शुद्धीकरण निवारणमा आवश्यक सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको धारणा उनले राखे ।

भेटका अवसरमा उनीहरूबीच मौद्रिक नीति र वित्त नीतिको समन्वय, कर्जाको स्थिति, आर्थिक वृद्धिलगायतका विषयमा समेत छलफल भएको छ ।

भेटका अवसरमा डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रसँगै बैंकका उच्च अधिकारीहरूको सहभागिता थियो । यसैगरी, विश्व बैंकका नेपालस्थित कन्ट्री डाइरेक्टर फारिस हदाद जेर्वोस, अपरेसन्स म्यानेजर लादा स्टे«लकोभा, अन्तर्राष्ट्रिय वित्त निगमका नेपाल प्रतिनिधि बाबाकर सेदिख फायलगायतको  उपस्थिति थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ५ : २३ बजे

जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री

देवदह । नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नम्बर एकका उम्मेदवार हिराबहादुर

सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात

बुटवल । युवा खेलाडीलाई प्लेटफर्म दिने गरि रुपन्देहीमा शुरु भएको

नेकपा (माओवादी) रुपन्देहीले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धतापत्र

बुटवल । नेकपा(माओवादी) रुपन्देहीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कृषि क्रान्तिबाट अर्थतन्त्र सुधार सम्भव : रुपन्देही-२ मा काँग्रेस उम्मेदवार पौडेल

बुटवल । नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय