१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

नागरिकता विधेयक राष्ट्रघाती – मनोज भट्ट



बुटवल । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विद्येयक नेपाल र नेपालीको हितमा नभएको बताएका छन् ।

भारतलाई खुशी पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई दवाव दिएर नागरिकता विद्येयक प्रमाणिकरण गरिएको नेता भट्टको दाबी छ । राष्ट्रिय जनमोर्चा रुपन्देहीको शुक्रबारदेखि बुटवलमा शुरु भएको छैठौ जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै अहिलेको नागरिकता विधेयक राष्ट्रघाती छ भने ।

महासचिव भट्टले वर्तमान सरकारले नागरिकता विद्येयक ल्याएर गैरकानुनी काम गरेको दावी गरेका हुन् । नागरिकता विद्येयक राष्ट्रपतिबाट प्रमाणिकरण गरेसंगै राष्ट्रपति जस्तो सम्मानित संस्था विवादमा मुछिएको बताए । सरकारले गैर नेपालीलाई नागरिकता दिनेगरी नागरिकता विद्येयक ल्याएको बताउंदै नेता भट्टले भने – नागरिकता विद्येयक ल्याउनुको प्रचण्डको प्रमुख उद्वेश्य भारतलाई खुशी पार्नु हो ।

उनले अहिलेको नागरिकता विद्येयक आएसंगै राष्ट्रियतामाथि खतरा बढेको उल्लेख गर्दै सार्वभौम सत्ता र अखण्डतामाथि भारतीय एकाधिकार बढेको तर्क गरे । अहिलेको नागरिकता विद्येयकले नेपालमा रहेका एक करोड भारतीयलाई नागकिरता दिन बाटो खुलेको बताउंदै अब नेपाली अल्पमतमा पर्ने सम्भावाना बढेको बताए ।

प्रधानमन्त्री पुष्पकमल प्रचण्डको भारत भ्रमण नेपालको हितमा नभएको दावी गर्दै भारत र अमेरिकाले चीनकाविरुद्व लड्न सरकारलाई प्रयोग गर्न सक्ने उनको भनाइ छ । प्रधानमन्त्री भारत गएर भारतले सीमा मिचेको विषयमा बोल्न नसकेको बताउंदै भने ण् भारतसंग बोल्न डराउने अनी नेपाल फर्केर भूमण देशकोा लागि ऐतिहांसिक भयो भन्नु नेपाली र नेपालीमाथि गरिएको बैमानी हो उनले भने ।

नेपालको भूमिलाई भारतले अखण्ड भारतको नक्सामा समावेश गर्नु सांस्कृतिक नक्सा नभएको र राजनीतिक नक्सा भएको बताउंदै नेता भट्टले भने- त्यहीबाट पनि प्रष्ट हुन्छ भारतले नेपालको हित चाहेको छैन । उनले एमसीसी परियोजना नेपालको हितमा नभएकाले खारेज गर्नुपर्ने बताउंदै संघीयता असलफ भैसकेकाले प्रदेश संरचना खारेज गरेर देशलाई अगाडी बढाउनु पर्ने बताए ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भ्रष्टाचारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने बताउंदै सरकारले कारवाही गर्न नसके जनताले सडकबाट कारवाही गरेर देखाउने चेतावनी दिए । कार्यक्रममा नेकपा रुपन्देहीका इन्चार्ज शरद वली, नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जीसी, नेकपा एमाले रुपन्देहीका सचिवालय सदस्य ऋषिराम पाण्डेय, क्रान्तिकारी कम्युनिष्ट पार्टीका विनोद मरासिनी, कीकृत समाजवादीका श्रीराम यादवले कम्युनिष्ट एकता आजको आवश्यक्ता हो भने ।

समयको माग अनुसार छरिएर रहेको कम्युनिष्ट शक्तिलाई एकीकृत गरेर कम्युनिष्ट आन्दोलनलाई मजवुत बनाउनुको अर्को कुनै विकल्प नभएको उनीहरुको तर्क छ ।

राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष वद्रे आलमको अध्यक्षता र सचिव टानबहादुर केसीको सञ्चालनमा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी नेतृ इन्द्रिरा ज्ञवाली, जसपा रुपन्देही अध्यक्ष महेन्द्र यादव, लगायतले बोलेका थिए ।

जिल्ला सम्मेलनको अवसरमा राष्ट्रिय जनमोर्चाले ७५ वर्ष उमेर नाघेका कम्युनिष्ट नेता पुरुषोत्तम कंडेल र दिलप्रसाद नेपालीलाई सम्मान गरेको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनले नयां नेतृत्व चयन गर्ने छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ७ : २७ बजे

म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ

म्याग्दी । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटलहरु भरिभराउ भएका

उद्योगमा आगलागीबाट पाँच करोडको क्षति

बाँके । नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी