१ पुस २०८२, मंगलबार | December 17, 2025

नागरिकता विधेयक राष्ट्रघाती – मनोज भट्ट



बुटवल । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विद्येयक नेपाल र नेपालीको हितमा नभएको बताएका छन् ।

भारतलाई खुशी पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई दवाव दिएर नागरिकता विद्येयक प्रमाणिकरण गरिएको नेता भट्टको दाबी छ । राष्ट्रिय जनमोर्चा रुपन्देहीको शुक्रबारदेखि बुटवलमा शुरु भएको छैठौ जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै अहिलेको नागरिकता विधेयक राष्ट्रघाती छ भने ।

महासचिव भट्टले वर्तमान सरकारले नागरिकता विद्येयक ल्याएर गैरकानुनी काम गरेको दावी गरेका हुन् । नागरिकता विद्येयक राष्ट्रपतिबाट प्रमाणिकरण गरेसंगै राष्ट्रपति जस्तो सम्मानित संस्था विवादमा मुछिएको बताए । सरकारले गैर नेपालीलाई नागरिकता दिनेगरी नागरिकता विद्येयक ल्याएको बताउंदै नेता भट्टले भने – नागरिकता विद्येयक ल्याउनुको प्रचण्डको प्रमुख उद्वेश्य भारतलाई खुशी पार्नु हो ।

उनले अहिलेको नागरिकता विद्येयक आएसंगै राष्ट्रियतामाथि खतरा बढेको उल्लेख गर्दै सार्वभौम सत्ता र अखण्डतामाथि भारतीय एकाधिकार बढेको तर्क गरे । अहिलेको नागरिकता विद्येयकले नेपालमा रहेका एक करोड भारतीयलाई नागकिरता दिन बाटो खुलेको बताउंदै अब नेपाली अल्पमतमा पर्ने सम्भावाना बढेको बताए ।

प्रधानमन्त्री पुष्पकमल प्रचण्डको भारत भ्रमण नेपालको हितमा नभएको दावी गर्दै भारत र अमेरिकाले चीनकाविरुद्व लड्न सरकारलाई प्रयोग गर्न सक्ने उनको भनाइ छ । प्रधानमन्त्री भारत गएर भारतले सीमा मिचेको विषयमा बोल्न नसकेको बताउंदै भने ण् भारतसंग बोल्न डराउने अनी नेपाल फर्केर भूमण देशकोा लागि ऐतिहांसिक भयो भन्नु नेपाली र नेपालीमाथि गरिएको बैमानी हो उनले भने ।

नेपालको भूमिलाई भारतले अखण्ड भारतको नक्सामा समावेश गर्नु सांस्कृतिक नक्सा नभएको र राजनीतिक नक्सा भएको बताउंदै नेता भट्टले भने- त्यहीबाट पनि प्रष्ट हुन्छ भारतले नेपालको हित चाहेको छैन । उनले एमसीसी परियोजना नेपालको हितमा नभएकाले खारेज गर्नुपर्ने बताउंदै संघीयता असलफ भैसकेकाले प्रदेश संरचना खारेज गरेर देशलाई अगाडी बढाउनु पर्ने बताए ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भ्रष्टाचारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने बताउंदै सरकारले कारवाही गर्न नसके जनताले सडकबाट कारवाही गरेर देखाउने चेतावनी दिए । कार्यक्रममा नेकपा रुपन्देहीका इन्चार्ज शरद वली, नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जीसी, नेकपा एमाले रुपन्देहीका सचिवालय सदस्य ऋषिराम पाण्डेय, क्रान्तिकारी कम्युनिष्ट पार्टीका विनोद मरासिनी, कीकृत समाजवादीका श्रीराम यादवले कम्युनिष्ट एकता आजको आवश्यक्ता हो भने ।

समयको माग अनुसार छरिएर रहेको कम्युनिष्ट शक्तिलाई एकीकृत गरेर कम्युनिष्ट आन्दोलनलाई मजवुत बनाउनुको अर्को कुनै विकल्प नभएको उनीहरुको तर्क छ ।

राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष वद्रे आलमको अध्यक्षता र सचिव टानबहादुर केसीको सञ्चालनमा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी नेतृ इन्द्रिरा ज्ञवाली, जसपा रुपन्देही अध्यक्ष महेन्द्र यादव, लगायतले बोलेका थिए ।

जिल्ला सम्मेलनको अवसरमा राष्ट्रिय जनमोर्चाले ७५ वर्ष उमेर नाघेका कम्युनिष्ट नेता पुरुषोत्तम कंडेल र दिलप्रसाद नेपालीलाई सम्मान गरेको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनले नयां नेतृत्व चयन गर्ने छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ७ : २७ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष