६ पुस २०८२, आइतबार | December 21, 2025

भारतीय मूलका थर्मन शान्मुगर रत्नम सिंगापुरमा राष्ट्रपति चुनाव लड्ने



सिंगापुर । सिंगापुरका भारतीय मूलका वरिष्ठ मन्त्री थार्मन शान्मुगररत्नमले बिहीबार यस वर्ष हुन लागेको राष्ट्रपति चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

थर्मनले २२ वर्षपछि सक्रिय राजनीतिबाट सन्यास लिने निर्णय गरेको पनि जनाएका छन् । राष्ट्रपति निर्वाचनको तयारीका लागि सत्तारुढ पिपुल्स एक्सन पार्टी (पीएपी) बाट पनि राजीनामा दिन चाहेकोसमेत खुलाएका छन् ।

उनले सक्रिय राजनीतिबाट पछि हट्ने र सरकारमा रहेका आफ्ना सबै पद त्यागेर राष्ट्रपतिको चुनाव लड्न जानकारी प्रधानमन्त्री ली सिएन लुङलाई गर्राइसकेकका छन् ।

सिङ्गापुरमा सेप्टेम्बर १३ सम्ममा राष्ट्रपतिको निर्वाचन हुदैँछ । ६६ वर्षीय थर्मन पहिलो पटक सन् २००१ मा जुरोङ समूह प्रतिनिधि निर्वाचन क्षेत्र (जुरोङ जीआरसी) बाट संसद सदस्यमा निर्वाचित भएका थिए । थर्मनले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो निर्णयबारे जानकारी गराएका हुन ।

च्यानल न्यूज एशियाका अनुसार थर्मनले सिंगापुरको मौद्रिक प्राधिकरण (एमएएस) को अध्यक्ष, जीआईसीको उपाध्यक्ष, आर्थिक विकास बोर्डको अन्तर्राष्ट्रिय सल्लाहकार परिषद्को अध्यक्ष र अन्य जिम्मेवारीहरू त्याग्ने जानकारी गराईसकेका छन् ।

उनले आफ्नो पत्रमा भनेका छन्, ‘यो कठिन निर्णय भएको छ, मैले मेरो परिवारसँग परामर्श गरेको छु र आगामी वर्षहरूमा कसरी देशको सेवा गर्न सकिन्छ भन्ने गम्भीरतापूर्वक सोचेको छु ।

प्रधानमन्त्री लीले आफ्नो निर्णय बुझेको समेत उनले बताए । आफ्नो जिम्मेवारी पूर्ण निष्ठाका साथ निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।

लामो समय देखी उपप्रधानमन्त्री, अर्थमन्त्री र शिक्षामन्त्रीको रूपमा सेवा गरिसकेका थर्मन सन् २०१९ को मेदेखि वरिष्ठ मन्त्री छन् । उनी सामाजिक नीति संयोजक मन्त्री हुनुका साथै आर्थिक नीतिका बारेमा प्रधानमन्त्रीलाई सल्लाह दिनेसमेत गर्छन ।

विश्वव्यापी मञ्चमा, थर्मन ग्लोबल फाइनान्सियल गभर्नेन्समा प्रख्यात व्यक्ति समूहका अध्यक्ष हुन्। उनी अन्तर्राष्ट्रिय मुद्रा तथा वित्तीय समितिको पहिलो एसियाली अध्यक्ष पनि हुन ।

राष्ट्रपति हलिमाह याकुबले मे २९ मा आफूले दोस्रो कार्यकाल राष्ट्रपतिको रूपमा नखोज्ने घोषणा गरेकी थिइन् । याकुब (६८) देशको आठौं राष्ट्रपति र पहिलो महिला राष्ट्रपति हुन्। उनको ६ वर्षे कार्यकाल यही वर्ष सेप्टेम्बर १३ मा सकिँदैछ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ६ : ५८ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ