५ पुस २०८२, शनिबार | December 20, 2025

फिलिपिन्समा ज्वालामुखी बिष्फोटले आपतकालिन घोषणा, हजारौंलाई अन्यत्र सारियो



मनिला । फिलिपिन्समा ज्वालामुखी बिष्फोटले आपतकालिन घोषणा गर्दै हजारौंलाई अन्यत्र सारिएको छ । फिलिपिन्सको उत्तरपूर्वी अल्बे प्रान्तमा रहेको मेयोन ज्वालामुखी क्रेटरबाट ६ हजारभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो ।

अधिकारीहरुका अनुसार आउने ज्वालामुखी बिष्फोट पछि हुने धुलाेँकाे मुस्लाेले मानिसहरुलाई खतरा निम्त्याउन सक्ने भएकाले खतरा क्षेत्रबाट थप हजारौं मानिसलाई स्थायी रुपमा बाहिर निकाल्नु पर्ने हुन सक्ने प्रहरी अधिकारीहरुले जनाएका छन् । टाइफून गुचोल क्षेत्रवाट धुलाेकाे आँधी प्रशान्त महासागरबाट फिलिपिन्सतर्फ बढिरहेको उल्लेख गर्दै मेयोनको ढलान नजिक बस्नेहरूका लागि नराम्रो खबर हुन सक्ने भन्दै पुर्वसुचित गरिएको छ ।

ज्वालामुखीको परिधिमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेर शिविरमा पठाइएको थियो । गत शुक्रबार नै आपतकालिन अवस्था घोषणा गरेर उनीहरुलाई बाहिर निकालिएको हो । जसकाकारण, विनाशकारी विस्फोटको घटनामा आपतकालीन कोषको द्रुत वितरणलाई सहज बनाउन सकियोस भनेर सो कदम चालिएको थियो ।

सुरक्षा अधिकारीहरूले बिहीबार ज्वालामुखीको चेतावनी स्तर बढाएका छन् किनभने यसको सतह मुनि ग्यास, ढुङ्गा र मलबेको अत्यधिक तातो धारहरू रहेका छन, जसका गतिविधि आगामी दिन वा हप्ताहरूमा खतरनाक विस्फोटन हुन सक्ने भन्दै पुर्व सुचना जारी गरिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ९ : ५४ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य