२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

वीरगञ्जमा नाला सफा गर्दा ठुलो मात्रा बन्दुकका गोली फेला परे



वीरगञ्ज । वीरगञ्जमा १ सय थान भन्दा बढी गोली भेटिएका छन् । वीरगञ्ज महानगरपालिकाको एक वडाको नाला सफाइ गर्ने क्रममा १ सय थान भन्दा बढी गोली भेटिएका हुन । आइतबार ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार महानगरपालिकाका कर्मचारीहरूले महानगर–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला परेको हो ।

उनका अनुसार नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, हर्नेटको १७ राउण्ड, एसएलआरको चार राउण्ड, सहित अन्य विभिन्न बन्दुकमा लाग्ने एक सय पाँच राउण्ड गोली फेला परेको हो ।

नालामा बेवारिसे अवस्थामा ठुलो मात्रामा गोली भेटिए पछि थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ८ : २१ बजे

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा

निजामती कर्मचारीको ट्रेड युनियन खारेज विरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजामती सेवामा दलीय ट्रेड युनियन खारेज

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी

नेप्से परिसूचक चार अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार

काभ्रेको बुच्चाकोटमा यात्रु बस दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा यात्रुवाहक