१४ भदौ २०८३, आइतबार | August 30, 2026

‘जुन २१ देखि छेन्दु-पोखरा सिधा उडान गर्न चीन तयारी अन्तिम अवस्थामा’



काठमाडाैं । चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी बिच भेटवार्ता भएको छ ।

अध्यक्ष तिमिल्सिना र जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लिजीबिच ग्रेट हल अफ पिपुल्स बेइजिङमा सोमबार साँझ भेटवार्ता भएको हो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराहरुले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौं देखि सौहार्दपूर्ण एबम अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी बर्षहरुमा नेपाल र चीन बीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने कुरामा विश्वस्त रहेको बताएका छन्उर ।

ध्यक्ष तिमिल्सिनाले घनिष्ट मित्र एबम विकासको साझेदार र असल छिमेकीको रुपमा नेपालले चीनसँगको सम्बन्धलाई सधै उच्च महत्व र प्राथमिकता दिदैं आएको बताउँदै नेपाल सधै एक चीन नीतिको पक्षमा रहेकाे समेत पुन दाेहाेराएका छन्र । पछिल्ला दिनहरुमा नेपाल र चीनको बिद्यायिकी सम्बन्ध बिस्तार हुँदै गएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल-चीनबीचको द्विपक्षीय सम्बन्ध लगायत हाम्रा दुई विधायिकाबीचको सम्बन्धलाई समेत थप मजबूत बनाउनेछ बिश्वास पनि ब्यक्त गरेका छनर ।

चीन नेपालका पर्यटक स्रोत मुलुकहरुमध्ये दोस्रो मुलुकमा पर्ने भएकाले नेपालको विकासका लागि पर्यटनको भूमिकालाई मध्यनजर गर्दै नेपाललाई चीनले हालै ‘आउट ब्याण्ड टुरिष्ट ग्रुप’ मा राखेकोमा खुसी पनि ब्यक्त गरेका छन् । चीनिया ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घघाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पुरूयाउनेमा बिश्वस्त रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले चीनका बिभिन्न सहरबाट सोझो उडान हुने बिश्वास ब्यक्त गरे ।

नेपाल चीनबीच केरुङ-रसुवागढी, हिल्सा-पुराङ र तातोपानी-झाङमु नाकाहरु मार्फत दुईतर्फी व्यापार सुचारु भएको उल्लेख गर्दै आगामी दिनमा मुस्ताङको कोरल्ला लगायतका नाकाहरु सञ्चालन हुने बिश्वास पनि ब्यक्त गरेका छन् । नेपालबाट तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरुलाई चीनको भन्सारको सामान्य प्रशासनमा सूचीकृत गर्न सहयोगको लागि उनकाे अनुरोध थियाे ।

उक्त भेटमा चीनको राष्ट्रिय जन कंग्रेस स्थायी समितिका अध्यक्ष चाओ लिजीले भ्रमणका क्रममा नेपाली पक्षले उठाएका बिषयलाई चीनले गम्भीरतापुर्वक लिने र कार्यान्वयन गर्दै जाने आश्वासन दिएका छन । उनले चीनको छेन्दुबाट पोखरा उडानका लागि चीन तयारी अबस्थामा रहेको जानकारी दिएकाे अध्यक्षकाे सचिवालयले जनाएकाे छ ।

‘पोखरा बिमानस्थलको अवस्था र नेपाल सरकारले आवश्यक सबै तयारी सकेको अवस्थामा आगामी छ’, उनले भने । अध्यक्ष तिमिल्सिना ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधी मण्डलको नेतृत्व गरेर चीन भ्रमणमा रहेका छन । तिब्बतमा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

चीनको औपचारिक भ्रमणमा रहेको नेपाली साँसदहरुको प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरु जीवन परियार, धवल शमशेर जंगबहादुर राणा, प्रदिप यादव तथा राष्ट्रिय सभाका सदस्यहरु उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एबम अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापा पनि चीन भ्रमणमा सहभागी छन् ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ८ : १३ बजे

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा

रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना