३ पुस २०८२, बिहिबार | December 19, 2025

६ वटा ‘ए’ डिभिजन क्लबलाई काठमाडौं महानगरद्वारा दश दश लाखको आर्थिक सहयोग



काठमाडौं । काठमाडौं महानगरपालिका भित्र रहेका ६ वटा ‘ए’ डिभिजन क्लबलाई कामनपाले १० लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ ।

महानगरले सोमबार एक कार्यक्रम आयोजना गरी फुटबल क्लबहरुलाई रकम हस्तान्तरण गरेको छ । महानगरपालिकाबाट आर्थिक सहायता रकम प्राप्त गर्ने क्लबहरुमा मछिन्द्र क्लब, सरस्वती युवा क्लब, हिमालयन शेर्पा क्लब, काठमाडौं खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मस्र्याङ्दी कल्ब रहेका छन् ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका ६ ओटा क्लवलाई प्रति क्लव १० लाख रुपैयाँका दरले सहयोग हस्तान्तरण गरे ।

त्यसअवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका प्रमुख शाक्यले खेलकुदको विकास तथा प्रर्वद्धनका लागि सहयोग रकम हस्तान्तरण गरिएको बताए । शाक्यले महानगरभित्र रहेका ‘ए’ डिभिजनलाई १० लाख रुपैयाँ, ‘बि’ डिभिजनलाई ३ लाख रुपैयाँ र ‘सी’ डिभिजनलाई २ लाख रुपैयाँका दरले सहयोग गर्दै आएको र आगामी वर्षदेखि सहयोग रकमलाई वृद्धि गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । शाक्यले महानगरले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा लगानी बढाउँदै जाने नीति लिएको र खेलकुदको विकासका लागि सहकार्य गरेर अघि बढ्न महानगर तयार रहेको जनाए ।

कोभिड १९ महामारीका कारण विगतका वर्षमा जस्तै ‘ए’, ‘बि’ र ‘सी’ डिभिजनका क्लबहरुलाई एकैसाथ सहयोग गर्न नसकिएको उनले बताए । तर, छिट्टै नै ‘बि’ र ‘सी’ लाई पनि सहयोग उपलब्ध गराउने महानगर प्रमुख शाक्यले प्रतिवद्धता जनाए ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले महानगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि गरेको सहयोगको प्रसंशा गरे ।

काठमाडौं महानगरपालिकाले गत वर्ष पनि ‘ए’, ‘बि’ र ‘सी’ डिभिजन क्लबलाई आर्थिक सहयोग गरेको थियो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ४ : ०४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको