२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

महानगरले गरायो बिद्यार्थी संगठनले लगाएको ताला फोडेर पठनपाठन सुचारु



काठमाडौं । काठमाडौं महानगरपालिकाले बिभिन्न बिद्यालयहरुमा बिद्यार्थी संगठनले लगाएको ताला तोडेर पठनपाठन सुचारु गराएको छ । बिद्यार्थी संगठनले बिभिन्न माग राख्दै बिद्यालयमा लगाइएको ताला महानगरका प्रहरीले तोडेर पठनपाठन सुचारु गराइएको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा ताला फोड्दै गरेको एउटा भिडियो पोष्ट गर्दै महानगरको प्रमुख प्राथमिकता शिक्षा भएको बताएका छन् । बालेनले महानगर महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका बताउँदै महानगरपालिकाको काम आफ्नो क्षेत्र भित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्नु भएको समेत बताएका छन् । कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौं महानगरपालिकालाई उजुरी गर्नुपर्ने उनले बताएका छन् ।

महानगर प्रमुखले पढ्ने ठाउँमा ताला लगाएर एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको पनि आरोप लगाएका छन् । ‘चाहे सो विद्यालय सरकारी होस वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ,’ उनले लेखेका छन्, ‘त्यसैले हामीले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडी बढाएका छौ।’

काठमाडौंको संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी संगठनले लगाएको ताला फोडिएको महानगर प्रहरीले जनाएको छ ।

छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरण लगायतका माग राखेर अनेरास्ववियु (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिले आइतबार ती विद्यालयहरुमा ताला लगाएको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  २ : १५ बजे

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख