२० मंसिर २०८२, शनिबार | December 6, 2025

महानगरले गरायो बिद्यार्थी संगठनले लगाएको ताला फोडेर पठनपाठन सुचारु



काठमाडौं । काठमाडौं महानगरपालिकाले बिभिन्न बिद्यालयहरुमा बिद्यार्थी संगठनले लगाएको ताला तोडेर पठनपाठन सुचारु गराएको छ । बिद्यार्थी संगठनले बिभिन्न माग राख्दै बिद्यालयमा लगाइएको ताला महानगरका प्रहरीले तोडेर पठनपाठन सुचारु गराइएको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा ताला फोड्दै गरेको एउटा भिडियो पोष्ट गर्दै महानगरको प्रमुख प्राथमिकता शिक्षा भएको बताएका छन् । बालेनले महानगर महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका बताउँदै महानगरपालिकाको काम आफ्नो क्षेत्र भित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्नु भएको समेत बताएका छन् । कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौं महानगरपालिकालाई उजुरी गर्नुपर्ने उनले बताएका छन् ।

महानगर प्रमुखले पढ्ने ठाउँमा ताला लगाएर एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको पनि आरोप लगाएका छन् । ‘चाहे सो विद्यालय सरकारी होस वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ,’ उनले लेखेका छन्, ‘त्यसैले हामीले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडी बढाएका छौ।’

काठमाडौंको संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी संगठनले लगाएको ताला फोडिएको महानगर प्रहरीले जनाएको छ ।

छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरण लगायतका माग राखेर अनेरास्ववियु (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिले आइतबार ती विद्यालयहरुमा ताला लगाएको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  २ : १५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल