२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

परराष्ट्रमन्त्री साउदद्वारा ललितकला प्रदर्शनी अवलोकन



काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले आज राष्ट्रिय ललितकला प्रदर्शनीको अवलोकन भ्रमण गरेका छन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिसर नक्सालमा राखिएको कला, सिर्जनाको अवलोकन भ्रमणका क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले कला भावनाको अभिव्यक्त रुप भएको बताए ।

कलाले आपसी सम्बन्ध विस्तारमा सहयोग पुर्याउने उल्लेख गर्दै उनले आफूले पनि विद्यार्थीकालमा कलाको एउटा विषय लिएर अध्ययन गरेको सुनाए । मन्त्री साउदले ललितकला क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट र सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच आजै नेकपा (एकीकृत समाजवादी) का नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि प्रदर्शनीस्थलमा आएर कला, सिर्जनाको अवलोकन भ्रमण गरेका थिए । यसअघि पनि उक्त प्रदर्शनीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रीहरु विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेता सांसद, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, कलाकार, साहित्यकारले अवलोकन भ्रमण गरेका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ५ : ४० बजे

सुस्तामा नेपाली भूमीमा भारतीय एसएसबीको गस्ती, सुस्ताबासीको प्रतिकार

नवलपरासी(सुस्तापश्चिम) । नवलपरासी (सुस्तापश्चिम)को सुस्तामा नेपाली भूमीमा आएर नेपालीहरुलाई धम्की

सुनौलो इतिहास रहेको कन्या मन्दिरप्रति छात्राको आकर्षण

काठमाडौं । नेपालको पहिलो छात्रा विद्यालयका रुपमा परिचित ‘कन्या मन्दिर

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड

काठमाडौं । सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा जोड

केही नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल

कर्तव्यनिष्ट असी जना बुहारी सम्मानित

अर्घाखाँची । अर्घाखाँचीका सन्धिखर्क नगरपालिकाले कर्तव्यनिष्ठ असी असल बुहारीलाई सम्मान