७ कार्तिक २०८३, शनिबार | October 24, 2026

प्रेमिकाको हत्या गर्ने प्रेमी पक्राउ



जनकपुरधाम । धनुषा प्रहरीले ४५ वर्षीया महिलाको हत्या आरोपमा उनकै प्रेमी २२ वर्षीय ओमलाल मण्डललाई पक्राउ गरेको छ ।

बाराको कलैया उपमहानगरपालिका–१८ घर भई जनकपुरधाममा घर बनाउने मिस्त्रीको काम गर्ने मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले मण्डलको लोकेसन चितवनको हाकिम चोक देखिएकोमा जिल्ला प्रहरी कार्यालय, चितवनसँग समन्वय गरेर युवकलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

मिथिलाबिहारी नगरपालिका तारापट्टीकी करिब ४५ वर्षीया उषा दासका श्रीमान्‌को मृत्युपश्चात युवक र उनी प्रेम सम्बन्धमा रहेकोमा महिलाले युवकलाई विवाह गर्न भनेपछि युवकले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको धनुषा प्रहरीको भनाइ छ ।

आइतबार साँझ करिब ५ बजेको समयमा मिथिलाबिहारी–८ तारापट्टीस्थित पोखरीको छेउमा गाडिएको अवस्थामा शव फेला परेको थियो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

गत बिहीबार राति ११ बजे बिहेकै विषयमा दुबैजनाबीच विवाद हुँदा ओमलालले एक थप्पड हानेको र थप्पड हान्नसाथ महिला बाहिर निस्की भाग्न लाग्दा समातेर घाँटी थिचेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

महिलाको मृत्युपश्चात युवकले पोखरीको छेउमा खाल्डो खनेर शव गाडेका थिए। महिलाको कपडासमेत खोली सोही पोखरीको अर्को छेउमा गाडेर महिलाले प्रयोग गरेको मोबाइल पोखरीमै फालेर युवक फरार भएका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ७ : २० बजे

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना

बेनी-दरवाङ-मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी-दरवाङ-मुना

दसैँको टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

काठमाडौं । विजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको