२ माघ २०८२, शुक्रबार | January 16, 2026

आजको मौसम : देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव



काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकि भू-भागमा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा  रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश सहित देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र  चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेशको एक दुई स्थानमा लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ्ग तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

 

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ६ : २८ बजे

बुटवलसहित देशका मुख्य शहरमा सुजुकीको एक्सचेन्ज मेला

बुटवल । सुजुकी कम्पनीले आफ्नो दुई पाग्रे सवारीको बुटवलसहित देशका

देउवा समुहले बोलायो विघटीत केन्द्रीय कार्यसमितिको बैठक

ललितपुर । शेरबहादुर देउवा समुहले नेपाली कांग्रेसको विघटीत केन्द्रीय कार्य

कांग्रेस सभापति भएपछि गगन थापाको पहिलो प्रेस विज्ञप्ति, ‘आजबाट कांग्रेसमा कुनै गुट छैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आजबाट कांग्रेसमा कुनै

निर्वाचन आयोगको निर्णय देउवा समुहबाट अस्वीकार, उपसभापति शर्मा भन्छन् -‘नविन कांग्रेसको शुरुवात’

काठमाडौं । निर्वाचन आयोगको निर्णलाई देउवा समुहले नमान्ने भएको छ

अबदेखि चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सातवटै प्रदेशबाट

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा