२ माघ २०८२, शुक्रबार | January 16, 2026

अवैधरुपमा औषधि पसल सञ्चालक गर्ने नौ भारतीय पक्राउ



दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो ।

दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दैआएका नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए । “ नौ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौँ”, उनले भने- “उनीहरुमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौँ ।”

पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ७ : २० बजे

बुटवलसहित देशका मुख्य शहरमा सुजुकीको एक्सचेन्ज मेला

बुटवल । सुजुकी कम्पनीले आफ्नो दुई पाग्रे सवारीको बुटवलसहित देशका

देउवा समुहले बोलायो विघटीत केन्द्रीय कार्यसमितिको बैठक

ललितपुर । शेरबहादुर देउवा समुहले नेपाली कांग्रेसको विघटीत केन्द्रीय कार्य

कांग्रेस सभापति भएपछि गगन थापाको पहिलो प्रेस विज्ञप्ति, ‘आजबाट कांग्रेसमा कुनै गुट छैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आजबाट कांग्रेसमा कुनै

निर्वाचन आयोगको निर्णय देउवा समुहबाट अस्वीकार, उपसभापति शर्मा भन्छन् -‘नविन कांग्रेसको शुरुवात’

काठमाडौं । निर्वाचन आयोगको निर्णलाई देउवा समुहले नमान्ने भएको छ

अबदेखि चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सातवटै प्रदेशबाट

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा