७ श्रावण २०८३, बिहिबार | July 23, 2026

अनलाईन सट्टेबाजीमा पक्राउ परेका कलाकार र युट्युबरलाई चारदिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । अनलाइन गतिविधिमार्फत सट्टेबाज (जुवा) खेल्न प्रयोगमा आएको ‘वान एक्स बेट’ बेटिङ प्रचारको आरोपमा पक्राउ परेका कलाकारसहितलाई ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतमा उपस्थित गराएकामा ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) सहित आठ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।

पक्राउ पर्नेमा कलाकार पौडेल र श्रेष्ठसहित वेगम नेपाली (भटभट), पवन खतिवडा (म्याकुरी), एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा र सरोज घिमिरे रहेका छन् । बिहीबार प्रहरीले उनीहरूलाई पक्राउ गरी सरकारी वकीलको कार्यालयमा म्याद थपका लागि उपस्थित गराएका थिए ।

प्रहरीले पक्राउ परेकाहरूले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको बताइएको छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन देखिएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताए । उनले पक्राउ परेकाहरूलाई जुवा ऐन र राष्ट्र बैंक ऐन आकर्षित हुने बताए ।

उनले भने, ‘आज हामीले ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेका छौँ । वान एक्सबेट विभिन्न माध्यमबाट, विभिन्न मिडियाबाट वान एक्सबेटलाई प्रमोसन गर्ने र त्यसको प्रोमो कोर्ड पनि राख्ने । पक्राउ गरेर हामीले अनुसन्धानको प्रक्रियामा नै लिएर गएका छौँ । पक्राउ परेका व्यक्तिले वान एक्सबेटलाई प्रमोसन गर्ने र प्रमोसन गरेबापत निश्चित कमिसन प्राप्त गरेको देखिएको छ । यसमा पपुलर टेलि सिरियल सञ्चालन गर्ने र धेरै सब्स्क्राइब युट्युबमा भएकाहरू छन् । हाम्रोमा यो गैर कानुनी हो । जुवा ऐन र राष्ट्र बैंक ऐन आकर्षित हुन्छ ।’

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ६ : ०४ बजे

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै