१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

भैरहवा भन्सारमा दिनभरी उपभोक्तालाई कडा, नाकाहरुमा रातभरी तस्करलाई छुट ?

भन्सार छलेर नेपाल ल्याउँदै गरेको १४ लाख बढीको सामान प्रहरी नियन्त्रणमा



बुटवल । भैरहवा भन्सार कार्यालयले उपभोक्तालाई १०० रुपैयाँ बढीको सामान ल्याउन कडाई गरेपनि तस्करहरुले बिभिन्न नाका प्रयोग गरि भन्सार छलेर सामान भित्राउने क्रम रोकिएको छैन । उपभोक्तालाई कडाई गरेपनि क्यारिङ मार्फत सामान भित्राउन नरोकिएको चर्चा चलिरहेका बेला रुपन्देही प्रहरीले भन्सार छलेर नेपाल भित्राइएको १४ लाख बढीको अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको १४ लाख ९६ हजार ७०० बराबर मुल्यको सामान वरामद गरेको जनाएको छ ।

प्रहरीले बिहिबार मध्यान्ह १ बजेको समयमा रुपन्देही रोहिणी गाउँपालिका वडा नं ५ बरवाबाट लु १ च ९५१८ नम्बरको पिकअप गाडीमा अवैधरुपमा भारत बाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको टायल ८५ पेटी बरामद गरेको हो । पिकअप चालक ओमसतिया गाउँपालिका वडा ४ का २२ वर्षिय कुलदिप हरिजनलाई पनि नियन्त्रणमा लिएको छ ।

टायलको अन्दाजी मुल्यांकन ७ लाख ६८ हजार सहित गाडीको समेत मुल्यांकन गरि आवश्यक कावाहीको लागी वरामद सामान, सवारी साधन र मानिसहरु समेत भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरि ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधबार ओमसतिया ५ सिसनियाबाट तनहु भिमाद नगरपालिका ३ का नेत्र बहादुर थापाले चलाएको ग १ ख ८९९१ नम्बरको महेन्द्र गाडीमा अवैध रुपमा भारत बाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको ४१ बोरा युरिया मल गाडी सहित बरामद गरि अन्दाजी मुल्य ७ लाख २८ हजार ७०० वरावर कायम गरेर भन्सार पठाइएको पनि प्रहरीले जनाएको छ ।

उपभोक्तालाई कडाई गरिएपनि नाकाहरुबाट सामान भित्रने क्रम नरोकिएको धमाधम बरामद सामानले पुष्टी समेत गरेको छ । भन्सारको मुल गेटमा उपभोक्तालाई भन्सार नतिराई छिर्न नदिने भन्सार प्रशासनले सीमानाका पार गरेर ट्रक र जीप भरी सामान भित्रँदा पक्राउ नगरेको भन्दै उपभोक्ताहरुले प्रश्न उठाएका छन् ।

यसै हप्ता भन्सार छलेर पाल्पा पु¥याइएको १ ट्रक मल प्रहरीले बरामद गरेको थियो भने बुटवलको ढकाल एग्रोमा सील गरिएको अबैध मल रहश्यमयरुपमा गायव पारिएको थियो ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ९ : ३१ बजे

जनताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली नागरिकको दैनिक जीवनस्तरमा

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठक विपक्षी दलहरूको अवरोधका बीच १५

प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग जायज : सभामुख

काठमाडौं । सभामुख डीपी अर्यालले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग

प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक विपक्षी दलका सांसदहरूले अवरुद्ध गरेका

सही प्रक्रियामा चलेका कन्सल्टेन्सीलाई प्रहरीले साथ दिन्छ : एसपी शाही

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही शाखाले ‘लुम्बिनी