५ श्रावण २०८३, मंगलबार | July 21, 2026

युवा पुस्तालाई देशको कला, संस्कृतिको महत्त्व बुझाउन लाग्नुपर्छ : सञ्चारमन्त्री शर्मा



दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको कला, संस्कृतिको महत्त्व बुझाउन र नेपाली चलचित्र क्षेत्रबारे बालबालिकालाई सचेतना प्रदान गर्नु अहिलेको आवश्यकता भएको बताएकी छन् ।

दाङको घोराहीस्थित बहुउद्देश्यीय सभागृहमा चलचित्र विकास बोर्डले आयोजना गरेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव, २०८० को शुक्रबार उद्घाटन गर्दै उनले नेपालको कला, संस्कृति, परम्परा, रीतिरिवाज, सभ्यता चिनाउन नेपाली चलचित्र क्षेत्रलाई सूचना प्रविधिको प्रयोगबाट सहीरूपमा बुझाउन चलचित्र विकास बोर्ड थालेको यो प्रयास निकै सराहनीय रहेको बताइन् ।

पछिल्लो समय पश्चिमी संस्कृतिको प्रभावले नेपाली मौलिकतामा प्रहार भइरहेकाले यस प्रकारको कार्यक्रमले देश चिनाउन र नेपाली समाज बुझाउन भूमिका खेल्ने उनले अपेक्षा ग्िरन् । “देशमा रहेका विविध कला संस्कृतिको महत्त्व उजागर गर्न र आफ्नोपनलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउन चलचित्रले भूमिका खेल्छ”, उनले भनिन्, “चलचित्र केवल मनोरञ्जन मात्र होइन । यसले समाज राष्ट्र चिनाउन र कला संस्कृति चिनाउन भूमिका खेल्छ । जुन कुरालाई बालबालिकामा बुझाउन देशभर यस प्रकारका कार्यक्रम हुनुपर्छ ।”

पश्चिमा संस्कृतिले बालबालिका र युवामा पकड जमाउँदै लगेको बेलामा आफ्नो धरातल चिनाउन बाल चलचित्र महोत्सव कोसेढुङ्गा बन्ने उनको विश्वास छ । “चलचित्र विकास बोर्डले पहिलो पटक गरेको कार्यक्रमले बालबालिकालाई चलचित्रको अर्थ बुझाउन, यसका आयामबारे बोध गराउन र नेपालको कला संस्कृति उजागर गरेर सभ्य समाज निर्माणमा लाग्न युवा तथा किशोरकिशोरीमा देशको पहिचान के भन्ने कुरा सिकाउने अपेक्षा छ”, मन्त्री शर्माले भनिने, “हाम्रो कला संस्कृति के हो ? हाम्रो सभ्यता के हो ? यसका बारेमा सबैलाई बोध गराउन चलचित्र विकास बोर्डले थालेको अभियानले सरकारको सहयोगी भूमिका खेल्नेछ ।”

नेपाल कलासंस्कृतिको धनी देश भएकाले यहाँको कला संस्कृति अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा उहाँले जोड दिइन् । “चलचित्र आम मानिसको रोजाइको क्षेत्र बन्ने गरेको छ । चलचित्रले दर्शकलाई मात्र मनोञ्जन दिँदैन, यसको आयाम धेरै छ । यति मात्रै होइन यस क्षेत्रमा लागेर व्यक्तित्व निर्माण गर्न चाहनेहरूका लागि पनि चलचित्र महत्त्वपूर्ण क्षेत्र हो, यसले प्रवाह गर्ने ज्ञान, सूचना र चेतनाले अझ लाभ दिने गर्छ”, उनले भनिन् ।

चलचित्र क्षेत्रबाटै कैयौँ कलाकारले आफ्नो पहिचान बनाउँदै आएका छन् भन्दै मन्त्री शर्माले यसमा भविष्य देखाउन उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई चलचित्र क्षेत्रमा आकर्षित गर्न महोत्सवबाट टेवा पुग्ने अपेक्षा गरिन् ।

उनले नेपालमा गणतन्त्र स्थापनापछि सूचना प्रविधिको विकास तीव्ररूपमा भइरहेको बताउँदै यसको सकारात्मक उपयोगमा लाग्न सके राष्ट्रले विकासमा थुप्रै फड्को मार्ने विश्वास व्यक्त गरिन् । “देशको माटो, यहाँको उत्पादन, शिक्षा, स्वास्थ्य, समाज चिनाउन सूचना प्रविधिको सही उपयोग हुनुपर्छ भन्ने सरकारको मान्यता हो । काममा सबै लाग्नुपर्छ । सूचना प्रविधि उपयोगसँगै दुरुपयोग पनि बढेको छ । यो रोक्नुपर्छ”, उनले भनिन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्थानीय कला संस्कृति झल्किने झाँकीसहित सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो । कार्यक्रममा स्थानीय कला संस्कृतिसहतिको लोक बाजा, नृत्य प्रस्तुत गरिएको थियो भने कलाकार चेतन सापकोटा, सत्यकला राई, अनुभव रेग्मीलगायतले प्रस्तुति राखेका थिए ।

यही असार ३ गतेसम्म चल्ने महोत्सवमा बालबालिका तथा किशोरकिशोरीलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरूमाझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने बारेमा जानकारी प्रदान गरिने बताइएको छ । बोर्डका अध्यक्ष केसीले ‘बालबालिकासँग भुवन केसी’ कार्यक्रममार्फत आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे अन्तरक्रिया गर्नेछन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ६ : ५७ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत