२३ भदौ २०८३, मंगलबार | September 8, 2026

नेपालगन्जमा नौ हजार रकम घुससहित वडाअध्यक्ष पक्राउ



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया रु नौ हजार घुससहित पक्राउ परेका छन् ।

आज कवडियासँगै कार्यालय सहयोगी गङ्गाराम बृजवासीलाई रु नौ हजार रकम घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।

कृषि अनुदानका लागि सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा घुस रकमसहित वडा कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनका अनुसार दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १० : ५३ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज