६ पुस २०८२, आइतबार | December 21, 2025

पेन्टागन पेपर्स लीक गर्ने ड्यानियल एल्सबर्गको मृत्यु



वासिंङटन । पेन्टागनका पेपर्स लीक गर्ने ड्यानियल एल्सबर्गको क्यालिफोर्नियाको केन्सिङ्टनस्थित आफ्नै घरमा शुक्रबार निधन भएको हो ।

परिवारले एक विज्ञप्तिमा जारी गर्दै उनको मृत्युको पुष्टि गरेको हो । परिवारले दिएको जानकारी अनुसार उनले ९२ वर्षको उमेरमा अन्तिम सास लिएका हुन् ।

उनले भियतनाम युद्धको बारेमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको कागजातहरू लीक गरेका थिए ।

ड्यानियलका छोरा रोबर्ट एल्सबर्गले ट्वीटरमा भनेका छन् कि, ‘मेरो प्यारो बुबा, डेनियल एल्सबर्गको आज बिहान, जुन १६ बिहान १ः२४ बजे प्यान्क्रियाटिक क्यान्सर पत्ता लागेको चार महिनापछि निधन भयो । उनले अन्तिम सास लिँदा उनको परिवार उनको साथमा थियो । उनले कुनै पीडा महसुस गरेन र घरमै शान्तिपूर्वक अन्तिम सास लिए।’

गत फेब्रुअरीमा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ७ : ३५ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ