४ चैत्र २०८२, बुधबार | March 18, 2026

काठमाडौं महानगरबाट महानगरमा भोलिबाट आदिपुरुष प्रदर्शन गर्न निषेध



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले भोलिबाट महानगर भित्र भारतीय चलचित्र आदिपुरुष चल्न नदिने घोषणा गरेका छन् । महानगरले दिउको ३ दिनमा सच्याउने अवधिमा निर्माताले मुल भागबाट नहटाएको भन्दै महानगरमा चल्न नदिने घोषणा गरेका हुन् ।

नेपालको सेन्सर बोर्डले नेपालमा प्रदर्शन गर्ने कपिमा सो वाक्य हटाएर प्रदर्शन अनुमति पाएसँगै ३ दिन देखि नेपाली सिनेमा हलहरुमा आदिपुरुषको प्रदर्शन भइरहेको छ ।

बालेनले आज सामाजिक सञ्जालमा भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले आव्हान गरेको स्मरण गराएका छन् । उनले चलचित्रमा समावेश वाक्यले नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानको उल्लंघन हुने जनाउँदै नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह नभएको पनि जनाएका छन् ।

बालेनले नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको उल्लेख गर्दै उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने पनि जनाएका छन् । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बालेनले भनेका छन्।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने महानगर प्रमुख बालेनको भनाई छ । चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको पनि उनले दोहोर्याएका छन् ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ५ : ०२ बजे

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा