४ पुस २०८२, शुक्रबार | December 19, 2025

बस दुर्घटनामा हुदाँ पाकिस्तानमा १३ जनाको मृत्यु



इस्लामबाद । पाकिस्तानमा सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटना इस्लामाबाद–लाहोर राजमार्गमा भएको हो। दुर्घटनामा ३२ जना घाइते भएका छन् । जसमध्ये १९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीका अनुसार दुर्घटना के कारणले भएको हो ? भन्ने अहिलेसम्म खुल्न सकेको छैन । तर, लगातारको वर्षाका कारण बस चिप्लिएर अर्को लेनमा गएको अनुमान गरिएको छ ।

पाकिस्तानको समाचार वेबसाइट ‘एक्सप्रेस ट्रिब्यून’ का अनुसार दुर्घटना कल्ला कहर क्षेत्रमा भएको हो । सो दुर्घटना हुदाँ त्यहाँ पानी परिरहेको थियो । तीव्र गतिमा गुडेको सो बसले अर्को लेनमा गएर डिभाइडर पनि भत्काउँदै पल्टिएको थियो ।

पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने उपचारका क्रममा ८ जनाको मृत्यु भएको छ । ३२ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । जसमध्ये १९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीले बस चालक र चालक विरुद्ध मुद्दा दर्ता गरेको छ ।

निजी कम्पनीको यो बसले दुर्घटना भएको रुटको इजाजत समेत नलिएएको केही सञ्चारमाध्यममा उल्लेख गरेका छन३ । यसबाहेक फिटनेस सर्टिफिकेट पनि थिएन। त्यसैले बसमा नै केही समस्या भएको अनुमान गरिएको छ ।

गत फागुनमा पनि सोही क्षेत्रमा ठूलो सडक दुर्घटना भएको थियो । त्यसपछि दुईवटा कार ठोक्किए र दुबै नजिकैको खाल्डोमा खसेका थिए । यस घटनामा १४ जनाको मृत्यु भएको थियो । उनीहरु सबै बिहे गरेर फर्केका थिए ।

प्रधानमन्त्री शाहबाज सरिफले आइतबार भएको सो दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ८ : ३१ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म