३ पुस २०८२, बिहिबार | December 19, 2025

कांग्रेस मातहत निकायको अधिवेशन तालिका हेरफेर, महाधिवेशन भने फागुन ७ देखि १० सम्म हुने



काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा आन्तरिक विवादका कारण फुटको संघारमा पुगेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने पार्टीको आन्तरिक व्यवस्थापनमा जुटेको छ । केन्द्रीय महाधिवेशन सहित पार्टीको तल्ला निकायहरुको अधिवेशन गर्दै संगठन बिस्तारका लागि कांग्रेस केन्द्रीय कार्य समितिले कार्यक्रम तय गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले केन्द्रीय महाधिवेशन पुर्व गर्नु पर्ने पार्टीको तल्ला कार्यसमितिहरुको अधिवेशन कार्यतालिकामा हेरफेर गरेको छ।

सोमबार काठमाडौंमा बसेको केन्द्रीय कार्य समिति बैठकले महाधिवेशनको मिति यथावत राखी तल्ला ६ वटा निकायको अधिवेशनको कार्यतालिका परिमार्जन गरेको हो।

कोरोना महामारीका कारण पूर्व निर्धारित कार्यतालिका अनुसार अघि बढ्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा हुने १४औँ महाधिवेशन अन्तर्गतका अधिवेशन कार्यतालिका, समायोजन र कृयाशिल सदस्यता वितरण कार्यतालिका हेरफेर गरेको हो।

बैठकले समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन साउन १० गतेभित्र गरिसक्नुपर्ने निर्णय गरेको छ।

कार्यसमितिले गत फागुनमा सकिएको शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्य समितिका अनुसार कांग्रेसको अधिवेशनहरुको कार्यतालिका यस्तो छ ।

क, समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि– २०७७ श्रावण १० गते भित्र ।

ख, विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७७ असार २५ गतेदेखि २०७७ श्रावण मसान्तसम्म ।

ग, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि – २०७७ भाद्र मसान्तसम्म ।

घ, नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि – २०७७ असोज १५ गते भित्र ।

ङ, उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि – २०७७ असोज मसान्त भित्र ।

च, क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरीरपुनरावेदन दिइसक्नु पर्ने अवधि – २०७७ कात्र्तिक मसान्त भित्र

छ, उजुरीरपुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि – २०७७ मंसिर १५ गते भित्र ।

ज, नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि – २०७७ मंसिर २५ गतेभित्र ।

झ, केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि – २०७७ मंसिर मसान्त भित्र ।

अधिवेशन

क, गाउँरनगर वडा अधिवेशन– २०७७ पुस ६ गते

ख, गाउँरनगरपालिका अधिवेशन– २०७७ पुस ८ गते

ग, प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ पुस ११ गते

घ, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १३ गते

ङ, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १६ गते

च, प्रदेश अधिवेशन– २०७७ माघ ६ गते

छ, केन्द्रीय महाधिवेशन स् २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ८ : १८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको