१८ माघ २०८२, आइतबार | February 1, 2026

तीन करोड ५६ लाख बराबरको अवैध सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले आरोपी राजभण्डारीविरुद्ध रु तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ बराबरको बिगो कायम गरी आज मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलिया जानकारी दिए । विसं २०५१ फागुन ३० गते सार्वजनिक सेवामा प्रवेश गरेका राजभण्डारी २०७९ भदौ ३१ गते मात्रै सेवाबाट अवकाश पाएका थिए ।

आयोगका अनुसार राजभण्डारीको वैधानिक आय पारिश्रमिक बचत, उनको श्रीमतीको पारिश्रमिक बचत, उपदान, दैनिक भ्रमण भत्ता तथा स्थानीय भत्ता, बीमा परिपक्व भई प्राप्त भएको आय, शेयर बिक्रीबाट प्राप्त आय गरी रु तीन करोड ८५ लाख ५१ हजार सात सय ४० बराबर रहेको छ ।

सो अवधिमा राजभण्डारीले रु सात करोड ४२ लाख २९ हजार ८६ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । त्यसमध्ये रु तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ बराबरको रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेको पाइएको आयोगले जनाएको छ ।

सिँचाइ विभागका महानिर्देशकसमेत रहेका राजभण्डारीले सार्वजनिक दिनमा रहेर पदको दुरुपयोग गरी गैरकानुनी रुपमा आर्जन गरेको पाइएको र त्यस्तो सम्पत्ति श्रीमती दीपा श्रेष्ठको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको तथा विभिन्न कम्पनीमा लगानी गरेको पाइएको छ ।

आरोपी राजभण्डारी र उनका श्रीमती दीपाको नाममा रहेको सम्पत्ति जफतको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ६ : १२ बजे

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका

बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ

नेपालगन्ज । निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी

तल्लो सेती जलविद्युत् आयोजना : पहुँच सडक निर्माण सुरु

दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट