६ पुस २०८२, आइतबार | December 21, 2025

होन्डुरसको महिला कारागारमा दंगा, जलेरसहित ४१ कैदीको मृत्यु



तेगुसीगाल्पा । होन्डुरसको एक महिला कारागारमा मंगलबार भएको दंगामा कम्तीमा ४१ महिलाको मृत्यु भएको छ । अवैध गतिविधिलाई लिएर दुई समूहबीच भएको झडपमा कैदी जलेर मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन ।

द गार्जियनका अनुसार होन्डुरसको सो जेलमा गिरोहहरू बीचको सुरु भएको हिंसाको कारण कम्तिमा ४१ महिला कैदी बन्दीको को मृत्यु भएको हो, जसमध्ये धेरैलाई जलाएर मारिएको छ ।

होन्डुरसको राष्ट्रिय प्रहरी अनुसन्धान एजेन्सीका प्रवक्ता युरी मोराले पनि भने कि अधिकांश सो हिंसात्मक भिडन्तको क्रममा बन्दीहरुलाई जलाईएको थियो । तर, होन्डुरसको राजधानी टेगुसिगाल्पाबाट करिब ३० माईल उत्तरपश्चिममा रहेको तामाराको जेलमा कैदीहरूलाई गोली हानेको पनि रिपोर्टहरू छन् ।

मिडिया रिपोर्टका अनुसार कम्तिमा सात जना महिला कैदीको गोली र छुरा प्रहारको आरोपमा टेगुसिगाल्पा अस्पतालमा उपचार भइरहेको छ । देशको कारागार प्रणालीका प्रमुख जुलिसा विलानुएभाले कारागारभित्रका गैरकानूनी गतिविधिलाई नियन्त्रण गर्न अधिकारीहरूले हालै गरेको प्रयासका कारण दंगा सुरु भएको बताइन् । जसका कारण मंगलबार कारागारमा हिंसा भएको थियो । कारागारमा रहेका संगठित गिरोहविरुद्ध कारबाही भइरहेको उनले बताए ।

उनले कारागारमा रहेका गिरोहले आफ्नो बृहत् नियन्त्रणको अभ्यास गरेको बताए । साथै कैदीहरूले प्रायः आफ्नै नियमहरू सेट गर्छन् र निषेधित सामानहरू बेच्छन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ७ : ३७ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा