५ श्रावण २०८३, मंगलबार | July 22, 2026

लोकदोहोरी व्यवसायीलाई रोयल्टी अनुमति पत्र



काठमाडौं । काठमाडौं उपत्यकाका २२ भन्दा बढी लोकदोहोरी व्यवसायीहरुलाई गीत संगीतको सार्वजनिक प्रयोग गर्नका लागि अनुमति पत्र(लाइसेन्स) प्रदान गरिएको छ ।

नेपाल प्रतिलिपि अधिकार कार्यालय र संगीत तथा चलचित्र उत्पादक समाज नेपालले लोकदोहोरी व्यवसायीहरुसँग ‘प्रतिलिपि अधिकार कानून कार्यान्वयन तथा लोक दोहोरी साँझ रेष्टुरेन्टको सार्वजनिक प्रयोग वापतको संगीत रोयल्टी’ विषयक अन्तरक्रियामा उनीहरुलाई अनुमति पत्र प्रदान गरिएको हो ।

अनुमति पत्र पाउनेहरुमा गाउँले रोधी घर, डाँडा घरे रोधी एण्ड क्लब, सुस्केरा दोहोरी साँझ, यानिमाया रोधी क्लब, मधुवन रोधी घर एण्ड सुनार हाउस, माईली रोधी घर, सोल्टीनी रोधी नाच घर, सालैजो दोहोरी साँझ, गाउँ बेशी दोहोरी साँझ, निलकमल दोहोरी साँझ छन् ।

त्यस्तै जुनतारा दोहोरी एण्ड लाउन्ज, मुर्छाना दोहोरी साँझ, डाँफे रोधी घर, इन्द्रेणी रोधी क्लब एण्ड डिस्को, टप राजधानी दोहोरी साँझ, संगीतमाला रोधी घर, जुनकिरी रोधी नाचघर, नौ डाँडा दोहोरी साँझ, बासुरी दोहोरी साँझ र देउराली रोधी घरले पनि अनुमति पत्र लिएका छन् ।

संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगरले प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ तथा नियमावली २०६१ को दफा १० बमोजिम लोकदोहोरी साँझहरुलाई सामूहिक रोयल्टी व्यवस्थापन समूहहरु र दोहोरी साँझसँगको सम्झौता बमोजिम गीत संगीतको सार्वजनिक रुपमा प्रयोग गर्न अनुमति प्रदान गरिएको बताए । ‘यो अनुमति पत्र प्राप्त गरेपछि सम्बन्धित संस्थाले अनिवार्य रुपमा देखिने गरी राख्नुपर्नेछ’, उनले भने । कार्यक्रममा संस्कृति महाशाखा प्रमुख डा. सुरेश श्रेष्ठ, प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका निमित्ति रजिष्ट्रार उत्तम दवाडी, पुर्व रजिष्ट्रार बिसुकुमार केसी, सुरेश अधिकारी, निर्णय श्रेष्ठ महेश खड्का, मिलन मोक्तान र प्रहरी वृतका प्रमुखहरुले रोयल्टी बारेमा बोलेका थिए ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : २५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं