१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

लोकदोहोरी व्यवसायीलाई रोयल्टी अनुमति पत्र



काठमाडौं । काठमाडौं उपत्यकाका २२ भन्दा बढी लोकदोहोरी व्यवसायीहरुलाई गीत संगीतको सार्वजनिक प्रयोग गर्नका लागि अनुमति पत्र(लाइसेन्स) प्रदान गरिएको छ ।

नेपाल प्रतिलिपि अधिकार कार्यालय र संगीत तथा चलचित्र उत्पादक समाज नेपालले लोकदोहोरी व्यवसायीहरुसँग ‘प्रतिलिपि अधिकार कानून कार्यान्वयन तथा लोक दोहोरी साँझ रेष्टुरेन्टको सार्वजनिक प्रयोग वापतको संगीत रोयल्टी’ विषयक अन्तरक्रियामा उनीहरुलाई अनुमति पत्र प्रदान गरिएको हो ।

अनुमति पत्र पाउनेहरुमा गाउँले रोधी घर, डाँडा घरे रोधी एण्ड क्लब, सुस्केरा दोहोरी साँझ, यानिमाया रोधी क्लब, मधुवन रोधी घर एण्ड सुनार हाउस, माईली रोधी घर, सोल्टीनी रोधी नाच घर, सालैजो दोहोरी साँझ, गाउँ बेशी दोहोरी साँझ, निलकमल दोहोरी साँझ छन् ।

त्यस्तै जुनतारा दोहोरी एण्ड लाउन्ज, मुर्छाना दोहोरी साँझ, डाँफे रोधी घर, इन्द्रेणी रोधी क्लब एण्ड डिस्को, टप राजधानी दोहोरी साँझ, संगीतमाला रोधी घर, जुनकिरी रोधी नाचघर, नौ डाँडा दोहोरी साँझ, बासुरी दोहोरी साँझ र देउराली रोधी घरले पनि अनुमति पत्र लिएका छन् ।

संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगरले प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ तथा नियमावली २०६१ को दफा १० बमोजिम लोकदोहोरी साँझहरुलाई सामूहिक रोयल्टी व्यवस्थापन समूहहरु र दोहोरी साँझसँगको सम्झौता बमोजिम गीत संगीतको सार्वजनिक रुपमा प्रयोग गर्न अनुमति प्रदान गरिएको बताए । ‘यो अनुमति पत्र प्राप्त गरेपछि सम्बन्धित संस्थाले अनिवार्य रुपमा देखिने गरी राख्नुपर्नेछ’, उनले भने । कार्यक्रममा संस्कृति महाशाखा प्रमुख डा. सुरेश श्रेष्ठ, प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका निमित्ति रजिष्ट्रार उत्तम दवाडी, पुर्व रजिष्ट्रार बिसुकुमार केसी, सुरेश अधिकारी, निर्णय श्रेष्ठ महेश खड्का, मिलन मोक्तान र प्रहरी वृतका प्रमुखहरुले रोयल्टी बारेमा बोलेका थिए ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : २५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले