६ पुस २०८२, आइतबार | December 21, 2025

दक्ष जनशक्ति उत्पादन गर्न बुटवल उपमहानगरले रोजगार मेला लगाउँदै



बुटवल । बुटवलमा वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजानमा असार १३ गते वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला हुने भएको हो ।

आज उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै मेलाको तयारी तिब्र पारिएको जनाएको छ । करिव ५ हजार जना मानिसको सहभागीता हुने मेलामा ३० वटा विभिन्न रोजगारप्रदायक संस्थाहरुको स्टल रहने मेला संयोजक तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले जानकारी दिए ।

नेपाल सरकार तथा स्वीजरल्ण्ड सरकारको संयुक्त परियोजनाको लगानीमा दिगो तथा सम्मानित रोजगारीको लागि सिप भन्ने नारा सहित दोस्रो चरणको मेला आयोजना हुन लागेको हो ।

रोजगार मेलामा रोजगार सम्बन्धी परामर्स तथा सूचना दिने, सीपमुलक तालिम दिने संस्थाहरुको प्रर्दशनी तथा तालिमबारेमा सूचना दिने, रोजगारदाताहरुसंग प्रत्यक्ष सम्पर्क गराई रोजगारीको अवसर सृजना हुने अपेक्षा लक्ष्य राखिएको संयोजक शर्माले बताए ।

३ लाख ५० हजार रुपैयाँ खर्च अनुमान गरिएको सबै खर्च परियोजनाले नै व्यहोर्ने छ । मेलाबाट आएको रोजगारीको अपेक्षा अनुसारको रोजगार पोर्टल नै बनाएर सोही अनुसारको रोजगारी सृजनामा नगरपालिका लागिरहेको उनले जानकारी दिए ।

नेपालमा अहिले पनि टायल, मार्वल, फनिर्चर, प्रेश कुकर लगायतका विभिन्न उद्योगमा भारतीय कामदारहरुको एकलौटी उपस्थिती रहेको भन्दै उनले दक्ष जनशक्ति उत्पादनका लागि मेलाले टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १० : ५३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा