९ श्रावण २०८३, शनिबार | July 26, 2026

पुटिनकाे वाग्नर समुहलाई अफर : कि सेना भर्ती भऊ नभए घर फिर्ता जाऊँ



मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार रुसको निजी सेना वाग्नरका सैनिकका बारेमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् । वाग्नर सिपाहीहरूलाई प्रस्ताव राख्दै पुटिनले भने, ‘अब बाग्नरका सैनिकहरूले या त रुसी सेनामा भर्ती हुनुपर्छ वा घर फर्कनुपर्छ ।’

पुटिनले मंगलबार सुरक्षा अधिकारीहरूसँग उच्चस्तरीय बैठक पनि गरेका थिए। रुसी मिडिया आरटीका अनुसार पुटिनले वाग्नर समूहका लडाकु र कमाण्डरहरूलाई सच्चा देशभक्तको रूपमा वर्णन गरेका छन् । जसले देश र जनतालाई धोका दिन सक्दैन उनले भनेका छन् ।

पुटिनले थप भने, ‘केही मानिसहरूले सैनिकहरूलाई अँध्यारोमा राखेर आफ्नै दाजुभाइको अगाडि बन्दुक लिएर खडा गरेका थिए, जाे यस अघि काँधमा काँध मिलाएर लडेका थिए ।’

अर्कोतर्फ, वाग्नरका प्रमुख येभगेनी वी प्रिगोगिनले रुसमा सैन्य कु गर्न खोजेको आरोपको खण्डन गरेका छन् । प्रिगोगिनका अनुसार सो मार्च पास पुटिनलाई हटाउनका लागि गरिएको थिएन ।

एक सामाजिक सञ्जाल एपमा आफ्नो ११ मिनेटको अडियो विज्ञप्तिमा प्रिगोजिनले भने कि वाग्नर सेनाको उद्देश्य युक्रेनमा रूसको आक्रमणको विरोध गर्नु थियो । र, रुसी सेनाद्धारा बाग्नर समुह माथी गरिएको अन्यायविरुद्ध लड्न हामीले आन्दोलन सुरु गरेका हौँ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ७ : ३९ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको