२५ भदौ २०८३, बिहिबार | September 10, 2026

पश्चिम नवलपरासीमा छोराको आक्रमणबाट आमाको मृत्यु



परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ मा छोराले आमाको हत्या गरेका छन् । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेका हुन् ।

पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए । हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको र आक्रमण गर्ने छोरा भागेर रुपन्देही पुगेको प्रहरीले बताएको छ ।

आमाको हत्या गरेर फरार भएको शिवकुमारलाई रुपन्देहीको गैडहवा गाउँपालिका –८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । शिवकुमारलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ६ : ५८ बजे

गृहमन्त्री गुरुङको पत्रकारलाई धम्कीप्रति अधिकारकर्मीको आपत्ति

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूप्रति दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति मानव

बाढी प्रभावित क्षेत्रको राहत र पुनर्स्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को

दीपेन्द्रको अर्धशतकमा ओमानलाई १४८ रनको लक्ष्य

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कप

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि

त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने