१० माघ २०८२, शनिबार | January 25, 2026

प्रदेशसभालाई अझै स्वायत्त र सबल बनाउनुपर्छ : सभामुख घर्ती



बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभालाई अझै स्वायत्त र सबल बनाउनुपर्ने आवश्यकता रहेको औल्याएका छन । ६५ औँ संसद् दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले यस्तो आवश्यकता औल्याएका हुन ।

‘संसद्को गरिमा र आवश्यकताको महत्व बोध गरी शक्ति पृथकीकरणको संसदीय शिद्धान्त अनुरुप विधायिकाको समेत कार्य गर्ने प्रदेशसभालाई अझै स्वायत्त र सबल बनाउनुपर्ने आवश्यकता खड्किएको छ । उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन । बदलिदो परिस्थितीको वर्तमान परिपेक्षमा संसद्को गरिमा र भूमिका अझै बढोत्तरी रहेको उनले सन्देशमा उल्लेख गरेका छन ।

सभामुख घर्तीले नेपालको राजनीतिक परिपेक्ष्यमा यसको छुट्टै गरिमा र महत्व रहेको जनाउनु संसदको गरिमालाई बचाउदै जनताको समस्यालाई मुखरीत गरी प्रदेशसभाप्रति विश्वास दिलाउन सकिने जनाएका छन ।

शुभकामना सन्देशमा सभामुख घर्तीले जनप्रतिनिधिको रुपमा जिम्मेवारीका साथ सत्तापक्ष र प्रतिपक्ष सबै सांसदले संसदीय अनुशासन र मर्यादा कायम गरी कानून अनुसार संसदलाई मर्यादित, व्यवस्थित र अनुशासित बनाई जनताका मुद्दालाई सम्बोधन गर्न समेत सक्नु पर्ने उल्लेख गरेका छन ।

‘संसद दिवसले जनपक्षीय कानुन बनाउदै जनताप्रति उत्तरदायी र जवाफदेही बन्न प्रेरणा प्रदान गर्ने छ भन्ने अपेक्षा सहित पुनः शुभकामना व्यक्त गर्दछु । उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ८ : ०५ बजे

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ : जापानी राजदूत माएदा

काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : डा सिके राउत

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

‘स्वर्गिय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं’ : उम्मेदवार कोईराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधानका पिता,

मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न सर्लाहीबाट उम्मेदवार बनेँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा