६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्रदेशसभालाई अझै स्वायत्त र सबल बनाउनुपर्छ : सभामुख घर्ती



बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभालाई अझै स्वायत्त र सबल बनाउनुपर्ने आवश्यकता रहेको औल्याएका छन । ६५ औँ संसद् दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले यस्तो आवश्यकता औल्याएका हुन ।

‘संसद्को गरिमा र आवश्यकताको महत्व बोध गरी शक्ति पृथकीकरणको संसदीय शिद्धान्त अनुरुप विधायिकाको समेत कार्य गर्ने प्रदेशसभालाई अझै स्वायत्त र सबल बनाउनुपर्ने आवश्यकता खड्किएको छ । उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन । बदलिदो परिस्थितीको वर्तमान परिपेक्षमा संसद्को गरिमा र भूमिका अझै बढोत्तरी रहेको उनले सन्देशमा उल्लेख गरेका छन ।

सभामुख घर्तीले नेपालको राजनीतिक परिपेक्ष्यमा यसको छुट्टै गरिमा र महत्व रहेको जनाउनु संसदको गरिमालाई बचाउदै जनताको समस्यालाई मुखरीत गरी प्रदेशसभाप्रति विश्वास दिलाउन सकिने जनाएका छन ।

शुभकामना सन्देशमा सभामुख घर्तीले जनप्रतिनिधिको रुपमा जिम्मेवारीका साथ सत्तापक्ष र प्रतिपक्ष सबै सांसदले संसदीय अनुशासन र मर्यादा कायम गरी कानून अनुसार संसदलाई मर्यादित, व्यवस्थित र अनुशासित बनाई जनताका मुद्दालाई सम्बोधन गर्न समेत सक्नु पर्ने उल्लेख गरेका छन ।

‘संसद दिवसले जनपक्षीय कानुन बनाउदै जनताप्रति उत्तरदायी र जवाफदेही बन्न प्रेरणा प्रदान गर्ने छ भन्ने अपेक्षा सहित पुनः शुभकामना व्यक्त गर्दछु । उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ८ : ०५ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको