२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

१५ दिन अगाडिको कोरोना इपिसेण्टर बाँकेको नरैनापुर सहित २ पालिका कोरोना मुक्त



नेपालगन्ज । अघिल्लो महिनासम्म नेपालको कोरोना इपिसेण्टर बनेको बाँकेको नरैनापुर र समुदायमा संक्रमण देखिएको बाँकेको डुडुवा गाँउपालिका आजबाट कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय बाँकेले आजैमात्र कोरोना मुक्त गरेको नेपालगन्ज उपमहानगरमा भने आजै २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालको समग्र अवस्थामा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहेका बेला बाँकेका दुई पालिकाका क्वारेन्टिन र आइसोलेसन भने आजबाट पूर्णरुपमा खालि भएका छन् ।

बाँकेको नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिका कोरोना मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठ बताए । थप संक्रमण नथपिएको अवस्थामा ती पालिकाहरु कोरोना मुक्त नै रहने छन् । नेपालगन्जमा भने आज २ जना महिलामा संक्रमण पुष्टि भएपछि स्वास्थ्य कार्यालयको घोषणा धेरै समय टिक्न सकेन ।

श्रेष्ठले बुधबार बिहान मात्र बाँकेका नरैनापुर गाउँपालिका,नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका कोरोना संक्रमित केस शून्य रहेको बताएका थिए । श्रेष्ठका अनुसार जिल्लामा १८ जना मात्र कोरोना संक्रमितले बिभिन्न आइसोलेसनमा बसेर स्वास्थ्य उपचार लिइरहेकाछन् ।

बुधबार सम्म कोहलपुर नगरपालिकाकामा १०, खजुरा गाउँपालिकामा ४, राप्तीसोनारीमा २, जानकी र बैजनाथ गाउँपालिकामा १–१ जना संक्रमित उपचारारत रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

बुधबार बैजनाथको बनकटवा आईशोलेशनबाट– ७ र कोहलपुरको पिपरीबाट– २ जना गरी ९ जना कोरोना संक्रमण मुक्त भएर घरफर्केका थिए ।

फोकल पर्शन श्रेष्ठका अनुसार अनुसार बाँकेमा कोरोना संक्रमित उपचाररत ४ वटा आईशोलेशन मात्र सञ्चालनमा रहेकाछन् । अन्य ८ वटा आईशोलेशन सेन्टर कोरोना संक्रमित नभएसगैं खाली रहेका छन् ।

बाँकेमा २ सय १५ जना विभिन्न क्वारेन्टिनमा रहेकोमा उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ ।

बाँकेमा हालसम्म ३ सय ६८ संक्रमित रहेकोमा ३ सय ४८ संक्रमण मुक्त भएर घर फर्केको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए । कुरुम्वाङका अनुसार बाँकेमा ७ हजार ६ सय ९८ जनाको पीसिआर परीक्षण भएको छ भने ९ हजार २१ जनाले आडीटी परीक्षण गराएका छन् । बाँकेमा २ जनाको कोरानाका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ११ : १३ बजे

३४ वर्षपछि भत्कियो नवलपुर-१ मा कांग्रेसको गढ, ३४ हजार मतान्तरसहित रास्वपाका राजन गौतम विजयी

नवलपुर । करिब तीन दशकभन्दा लामो समयसम्म नेपाली कांग्रेसको प्रभाव

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

भद्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन

खोटाङबाट श्रम संस्कृति पार्टीको खाता खुल्यो, आरेन राई निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खोटाङबाट श्रम संस्कृति पार्टीले पहिलो

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको ऐतिहासिक सफलता, १२९ क्षेत्रको नतिजा आउँदा १०० सिटमा जीत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मतगणना जारी रहँदा राष्ट्रिय

इलाम-२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम-२ बाट नेपाल कम्युनिष्ट पार्टी