१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

गायक रविन तामाङको निधन



काठमाडौं । नेपाली चर्चित रक गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । नेपाली रक ब्यान्ड ‘रोबिन एन्ड द न्यू रिभोलुसन’ का संस्थापकसमेत रहेका तामाङको मंगलबार बेलुका निधन भएको हो ।

उनी बुढानीलकण्ठ-५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएको उनकी दिदी भगवती तामाङले जानकारी दिइन । उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

मंगलबार बेलुका ६ बजेतिर कोठाको ढोका बन्द भएको र भाइ भित्र रहेको भन्दै तामाङकी दिदी भगवती तामाङले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी घटनास्थलमा पुगी ढोका फोरेर हेर्दा उनी बेड छेउमा मृत भेटिएका थिए । घटनास्थलमा त्यस्तो शङ्कास्पद केही नभेटिएको प्रहरीले जनाएको छ ।

रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए । सिंगापुरमा जन्मिएका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए ।

उनले गाएका चिसो चिसो हावामा, जति माया लाए पनि, भुलमा भुलियो लगायतका गीतहरु हिट् छन् । छड्के, मुखौटा, जय पर्शुराम, चिसो एस्ट्रेलगायत दर्जनौं फिल्महरूमा पनि उनले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ७ : ३३ बजे

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

जनताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली नागरिकको दैनिक जीवनस्तरमा

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठक विपक्षी दलहरूको अवरोधका बीच १५

प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग जायज : सभामुख

काठमाडौं । सभामुख डीपी अर्यालले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग