१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

स्पेनिस ला लिगा : बार्सिलोनाको उपाधि आश जीवितै



काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधि जित्ने आश जीवितै राखेको छ ।

लिग अन्तर्गत बुधबार राति भएको खेलमा स्पानियोलमाथि जित निकाली बार्सिलोनाले उपाधिमा रियल मड्रिडमाथि दबाब कायम गरेको हो ।

१० खेलाडीमा सीमित भएको बार्सिलोनाले १० खेलाडीमै सीमित भएको स्पानियोललाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा ५० औँ मिनेटमा आन्शु फाती सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भयो । त्यसको तीन मिनेटमापछि स्पानियोलका लोजानो पनि सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

५६ औँ मिनेटमा लुइस स्वारेजले गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णयक बन्यो । जितपछि दोस्रो स्थानको बार्सिलोनाको ३५ खेलबाट ७६ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको एक अंक बढी रहेको छ ।

बार्सिलोनासँग पराजित भएको स्पानियोल भने ला लिगाबाट रेलिगेशनमा पर्ने पक्का भएको छ । पुछारको टिम स्पानियोलको लिगका तीन खेल बाँकी हुँदा मात्रै २४ अंक भएको छ ।

ला लिगा अन्तर्गत बुधबार राति भएका अरु खेलमा रियल बेटिसले ओसासुनालाई ३–० तथा भिल्लारियलले गेटाफेलाई ३–१ ले पराजित गरेका छन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ६ : ५१ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले