२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

होराइजन गौतमबुद्ध माविका छात्र सौगात न्यौपानेले ल्याए ३.९५ जीपीए



बुटवल । तिलोत्तमाको ड्राइभर टोलमा संचालित होराइजन गौतमबुद्ध माविका छात्र सौगात न्यौपानेले एसईईको नतिजामा ३.९५ जीपीए ल्याउन सफल भएका छन् ।

न्यु होराइजन कलेज अन्तर्गत सञ्चालित सो माविका न्यौपानेले बिहिबार प्रकाशित एसईईको नतिजामा ३.९५ जीपीए ल्याउन सफल भएका हुन् ।

सो विद्यालयबाट ११५ जना विद्यार्थीले एसईई दिएकामा १८ जनाले ए प्लस, ५२ जनाले ए,३३ जनाले बी प्लस,१० जनाले बी र एकजनाले सी प्लस ग्रेड सहित शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएको विद्यालयले जनाएको छ । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई एक समारोहबीच सम्मान गरिने विद्यालयका उपप्राचार्य ज्ञानेश्वर ज्ञवालीले बताए ।

कलेजले एसईईको नतिजामा उत्कृष्ट जीपीए ल्याएका विद्यार्थीलाई भर्ना र शुल्कमा विशेष छुट सहित भर्ना खुल्ला गरिएको उपप्राचार्य ज्ञवालीले जानकारी दिए । न्यु होईजन कलेजका विद्यार्थी विगत वर्षमा कक्षा १२ को बोर्ड परक्षिामा नेपाल प्रथम भएका थिए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  २ : १५ बजे

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु

रुपन्देहीका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा, बुटवलमा बृहत प्रदर्शन गर्ने तयारी

बुटवल । रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका

रूपन्देहीको सैनामैनास्थित घमाहा खोलाको पुल भासिँदा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनास्थित घमाहा खोलामा रहेको

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौँ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८०

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका