८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

शिवशिखर सहकारी रहेको बुटवलको घर प्रहरी परिचालन गरि खाली गराइँदै



बुटवल । नागरिकका अवौं रकम अवचलन गरेपछि बन्द रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको बुटवल स्थित कार्यालय, गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर र खाद्यान्नको डिलर रहेको भवन प्रहरी परिचालन गरेर खाली गराउन थालिएको छ ।

जनताको अवौं रकम अवचलन गरि फरार रहेका शिवशिखर सहकारीका संचालक दम्पत्ती पक्राउ परेसँगै सो सहकारीका देशैभरका कार्यालय र पसलहरु बन्द रहेका थिए । अध्यक्ष केदारनाथ शर्मालाई सीआईबीले भारतको मुम्बईबाट पक्राउ गरेर ल्याएको छ भने त्यस अघि नै उनकी श्रीमती गीता शर्मा सिआइबी हिरासतमा छिन् ।

बुटवल उपमहानगरपालिका–१० स्थित योगीकुटीमा रहेको डिपार्टमेन्टल स्टोर घरधनी इश्वर मल्लको निवेदनका आधारमा खाली गराउन थालिएको बताइएको छ । घरधनीले दिएको सूचनामा घर खाली नभएपछि प्रक्रियागतरुपमा प्रशासनको सहयोगमा खाली गराउन लागिएको घर धनी मल्लले बताएका छन् ।

२०६९ साल असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको शिव शिखर ०७८ साउनमा बुटवल आएको थियो ।शिवशिखरले सहकारीसँगै ‘गार्डेनमार्ट डिपार्टमेन्टल स्टोर्स’ सहित खाद्यान्हको अधिकृत बिक्रेताको रुपमा सप्लाई पनि गर्दै आएको थियो ।

 

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  २ : ५४ बजे

बाढी बस्तीमा पस्दा बाजुरामा १३ परिवार विस्थापित

काठमाडौं । अविरल वर्षापछि आएको बाढी बस्तीमा पस्दा बाजुराको बडिमालिका

प्रधानमन्त्री शाहले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल

काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका

नेपाली बजारमा बेलायतको नथिङ ब्राण्डको नया स्मार्टफोन

बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङको नयाँ स्मार्टफोन ‘नथिङ