६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

निर्वाचन आयोगबाट जनता समाजवादी पार्टीलाई आधिकारिक मान्यता प्रदान



काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपालाई आधारिकता दिएको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपाल एकीकरण गरी जनता समाजवादी पार्टी (जसपा) बनाएका नेताहरुले एकीकृत पार्टीको कार्यसमिति निर्वाचन आयोगलाई बुझाएका थिए ।

कार्यसमितिका सदस्यहरुको सनाखत गरेपछि आयोगले दुई पार्टीको एकतालाई मान्यता दिने निर्णय गरेको हो । अब पार्टी एकताको प्रमाणपत्र दिएर राजपत्रमा समेत सूचना निकाल्ने काम हुने आयोगले जनाएको छ ।

पार्टी एकता भएको जानकारी संघीय संसदलाई समेत आयोगले गराउने छ । त्यसपछि आधिकारिक रुपमा जनता समाजवादी पार्टीले मान्यता प्राप्त गर्नेछ ।

गत बैशाख १० गते दुई पार्टीबीच एकीकरण गरी जसपा गठन गर्ने सहमति भएको थियो। जेठ २५ गते एकिकृत पार्टीका नेताहरुले पूर्ण केन्द्रीय समितिको नामसहित आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए।

अहिले पार्टी एकता भए पनि आधिकारिक रुपमा दुई पार्टीका अलगअलग हैसियतमै काम भैरहेको छ । दुई दिन अघि सांसद सरिता गिरीलाई समाजवादी पार्टी नेपालले कारवाही गरेको थियो ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  १ : ५६ बजे

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत