१३ असार २०८३, शनिबार | June 27, 2026

निर्वाचन आयोगबाट जनता समाजवादी पार्टीलाई आधिकारिक मान्यता प्रदान



काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपालाई आधारिकता दिएको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपाल एकीकरण गरी जनता समाजवादी पार्टी (जसपा) बनाएका नेताहरुले एकीकृत पार्टीको कार्यसमिति निर्वाचन आयोगलाई बुझाएका थिए ।

कार्यसमितिका सदस्यहरुको सनाखत गरेपछि आयोगले दुई पार्टीको एकतालाई मान्यता दिने निर्णय गरेको हो । अब पार्टी एकताको प्रमाणपत्र दिएर राजपत्रमा समेत सूचना निकाल्ने काम हुने आयोगले जनाएको छ ।

पार्टी एकता भएको जानकारी संघीय संसदलाई समेत आयोगले गराउने छ । त्यसपछि आधिकारिक रुपमा जनता समाजवादी पार्टीले मान्यता प्राप्त गर्नेछ ।

गत बैशाख १० गते दुई पार्टीबीच एकीकरण गरी जसपा गठन गर्ने सहमति भएको थियो। जेठ २५ गते एकिकृत पार्टीका नेताहरुले पूर्ण केन्द्रीय समितिको नामसहित आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए।

अहिले पार्टी एकता भए पनि आधिकारिक रुपमा दुई पार्टीका अलगअलग हैसियतमै काम भैरहेको छ । दुई दिन अघि सांसद सरिता गिरीलाई समाजवादी पार्टी नेपालले कारवाही गरेको थियो ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  १ : ५६ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट