२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

जब आमाले छाेरालाई पति मानेर ८ वर्षसम्म ‘सेक्स स्लेभ’ बनाएर राखिन्



न्युयोर्क । अमेरिकामा आमा छोराको सम्बन्धलाई एक महिलाले लाजमर्दो बनाएकी छिन् ।

ह्युस्टन प्रहरीले एउटा अचम्मको खुलासा गरेको छ । ८ वर्षदेखि बेपत्ता भएका व्यक्तिले आफ्नो व्यथा सुनाएपछि सबै छक्क परे । आठ वर्षअघि किशोरावस्थामा बेपत्ता भएका टेक्सासका व्यक्तिले आफ्नी आमासँग पूरै समय बसेको प्रहरीले खुलासा गरेको छ ।

आमा रुडी फारियास अब दुर्व्यवहारको आरोपको सामना गरिरहेका छन् । फक्स न्यूज रिपोर्टका अनुसार रुडीकी आमा जेनी सान्तानाले उनलाई झण्डै एक दशकसम्म दासको रूपमा राखिन्, उनीसँग झूटो बोलिन् र दुर्व्यवहारसमेत गरिन् ।

स्थानीय सामाजिक कार्यकर्ता क्वानेल एक्सले दावी गरे कि ‘उनी छोरालाई ड्याडीको भुमिका निभाउन दबाब दिन्थिन र छोरलाइ भन्थिन तिमी मेरो श्रीमान बन्नु पर्छ ।’ उनले जेनी सान्टानाले रुडीलाई धम्की दिँदै प्रहरीलाई केही यसबारेमा केही बताए भने समस्यामा पर्नेसमेत धम्की दिदैँ आएकी थिइन् । रिपोर्टमा भनिएको छ कि ह्युस्टन पुलिसले बुधबार हराएका छोरासहित क्वानेल एक्स, उनकी आमाजेनी सान्तानाको उपस्थितिमा सामना गरी सोधपुछ गरेको थियो।

फक्स २६ ह्युस्टन वेबसाइटमा पोस्ट गरिएको एक भिडियो अनुसार सामाजिक कार्यकर्ता क्वानेल एक्सले खुलासा गरे कि छोरालाइ उनले आफूसँगै ओछ्यानमा राख्ने गरेको थिइन । ‘रुडी, जो आफ्नी आमाबाट यौन दुर्व्यवहारको शिकार भएका थिए ।’ उनी अगाडी भन्छिन् कि, उनीले आफ्नो सिमानाको सम्मान नगरेको र छोरालाइ दासको रूपमा जीवन बिताउन बाध्य बनाएकी थिइन् ।

रुडी १७ वर्षका थिए जब उनकी आमाले सन् २०१५ मा उत्तरपूर्वी ह्युस्टनमा रहेको परिवारको घर नजिकै आफ्ना दुई कुकुर हराइरहेको जानकारी दिएकी थिइन्। पछि ती कुकुरहरू फेला परे तर रुडी भने बेपत्ता हुन पुगेको भनिएको थियो ।

घटनाले बिहीबार अप्रत्याशित मोड लियो जब हराइरहेका भनिएका छोरा चर्च बाहिर जिउँदै फेला परे र प्रहरीले त्यसबारेमा जानकारी दिइयो । त्यसपछि मात्रै आमा छोराको सबन्धका बारेमा बाहिर कुराहरू आएका हुन । उनकी आमाले झूटो विबरण दिएर प्रहरीलाइ गुमराहमा पारिन भने जबकी उनका छोरा आठ वर्षदेखि उनीसँग बस्दै आएका थिए। ।

‘रुडी अझै हराइरहेको भन्दै आमाले प्रहरीलाई धोका दिईरहिन्’ प्रहरीको भनाइ छ ।’ नाबालिगलाई यौन दुब्यवहार गरेको र अपहरण गरेको आरोपमा प्रहरीले ती महिलालाई हिरासतमा लिएको छ । रुडीको काउन्सिलिङ भइरहेको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ९ : ३४ बजे

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल