२१ माघ २०८२, बुधबार | February 4, 2026

काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु



काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ ।

संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख बालेन शाहले जानकारी दिएका छन् ।

मेयर शाहका अनुसार महानगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गरी कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न तयारी थालेको हो । कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि यही असार २८ गतेदेखि आवेदन खुला गरिएको महानगरपालिकाके शिक्षा शाखाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

आवेदन आगामी साउन १२ गतेसम्म अनलाइनबाटै भर्न सकिने जनाइएको छ । आवेदन दिएका छात्रछात्राको परीक्षा साउन २० गते लिने कार्यतालिकासमेत महानगरले सूचनामार्फत सार्वजनिक गरेको छ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पिक वस्तुगत प्रश्न हुने जनाइएको छ । विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र भने महानगरले पछि सार्वजनिक गर्ने जनाएको छ ।

शिक्षा ऐन, २०२८ मा संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  १० : २८ बजे

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल

काठमाडौंबाट उड्नासाथ टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी, कोलकाता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

गण्डकी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता

निर्वाचन प्रचारमा सामाजिक सञ्जालको दुरुपयोगप्रति एमालेको गम्भीर चिन्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१