२७ जेष्ठ २०८३, बुधबार | June 11, 2026

आजको मौसम : पाँच प्रदेशमा वर्षा हुने, मधेस र लुम्बिनीमा हावाहुरी चल्ने



काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व  तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ ।

सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ । तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ६ : ४३ बजे

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा

यस्तो रहनेछ आज राती र भोलिको मौसम

काठमाडौँ । पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द

मुस्ताङ । स्याउको राजधानीका रूपमा परिचित मुस्ताङका किसानलाई स्याउखेती गर्न